तनहुँमा बस र मोटरसाइकल ठोक्किँदा माछापुच्छ्रेका युवकको मृत्यु

दुर्घटना

तनहुँमा बस र मोटरसाइकल ठोक्किँदा माछापुच्छ्रेका युवकको मृत्यु

gunadi acc

तनहुँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा बुधबार दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार कास्की जिल्ला माछापुच्छ्रे–४ बस्ने २४ वर्षीय सरोज पौडेललको मृत्यु भएको हो। गम्भीर घाइते पौडेलको उपचारका लागि दमौली अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।

जिल्लाको थर्पुबजारबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ९३९९ नम्बरको बस र विपरीत दिशामा गुडिरहेको ग १७ प ५१४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ