पोखरा । लायन्स क्लब अफ पोखरा टुुरिजम सिटीको अध्यक्षमा जसपाल पाख्रिन तामाङ चयन भएका छन् । क्लबको बुधबार सम्पन्न निवार्चन कार्यक्रमबाट तामाङको नेतृत्वमा नयाँ कार्यसमिती सर्वसम्मत चयन गरिएको हो ।
क्लबको प्रथम उपाध्यक्षमा घनश्याम गौतम, सचिबमा कविता योञ्जन, कोषाध्यक्षमा सुमन पुन चयन भएका छन् । यसैगरि सल्लाहकारहरुमा पूर्व अध्यक्षहरु सुदिप पौडेल, निरन केसी, एकराज गिरी, निरज पन्त, किसन गिरी, विनय थापा चयन भएका छन् ।
सो अवसरमा क्लबका पूर्व अध्यक्ष निरन केसीले क्लब स्थापनाको एक दशकमा क्लबले बिभिन्न सामाजिक कार्यमा जोडिएको स्मरण गर्दै नयाँ नेतृत्वले सामाजिक कार्यमा आफ्नो असल भुमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष जसपाल तामाङले लायन्स क्लबको मर्म मुताविक शिक्षा, स्वास्थ्य, वातावरणको क्षेत्रमा स्थानिय सरकारसंग हातेमालो गर्दै सामाजिक आवश्यकताको काम गर्ने प्रतिवद्धता जनाए ।
क्लबका पूर्व अध्यक्ष एकराज गिरीले समाजसेवा एकल भन्दा पनि समुहमा गर्दा प्रभावकारी हुने हुँदा क्लबको आवश्यकता भएको बताए । उनले लायन्स क्लबले नियमित भन्दा पनि आवश्यकतालाई मध्यनजर गदै प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । क्लबका सल्लाहकार सुदिप पौडेलले समाजमा अभावले घेरिएका व्यक्ति तथा परिवारको आवश्यकता पुरा गर्न सके क्लब स्थापना गर्नुको उद्धेश्य पुरा हुने बताए ।
कार्यक्रममा सल्लाहकारहरु एकराज गिरी, सुदिप पौडेल, भानु ढकाल लगायतले बोलेका थिए । क्लबका अध्यक्ष सन्जय मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब घनश्याम गौतमले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह