पोखरा । पोखरा महानगर पालिका वडा नं ६ कृषि सञ्जालले सडक डिभाइडर मा रहेका फुलका विरुवालाई काटछाँट र गोडमेल सहित फूलका बिरुवा रोपेर विश्व वातावरण दिवस मनाएको छ ।
आज विश्व वातावरण दिवसको अवसरमा कृषि सञ्जाल पोखरा ६ बैदामको आयोजना र पोखरा महानगर पालिका वडा नं ६ को प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
बुलौदि खोला देखी हल्लन चोक सम्म रहेको करिब २ कि।मी सडक डिभाइडर मा रहेका फुलका बिरुवाहरू लाई काटछाँट सहित गोडमेल गरि बिभिन्न प्रजातिका करिब ३ सय फुलका बिरुवा रोपिएको संञ्जालकी अध्यक्ष वृन्दा धरेलले जानकारी दिइन् ।
कार्यक्रमका उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नं– ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले पृथ्वीको संरक्षण ः दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नारालाई सार्थक बनाउन विश्व वातावरण दिवसको अवसरमा बिरुवा गोडमेल र काटछाँट गरि फुलका बिरुवा रोपिएको बताए । हरियाली सडक डिभाइडर र पर्यटकीय आकर्षित स्थान बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
अध्यक्ष वृन्दा धरेलले पर्यटकीय राजधानी पोखराको लेकसाइडमा रहेका फुलका बोटबिरुवाहरूले पर्यटकहरूको ध्यान तान्ने गरेकोमा खुशी व्यक्त गर्दै, संरक्षणमा लाग्न सबैलाई आग्रह गरिन् ।
पोखरा महानगर पालिका वडा नं–६ का निवर्तमान वडा अध्यक्ष जगत बहादुर पहारीले वातावरण स्वच्छ भए हाम्रो जीवन पनि स्वस्थ हुन्छ तर प्रायः मानिस वातावरणीय स्वच्छता जस्तो अति संवेदनशील क्षेत्रप्रति मौन वा अनुत्तरदायी बनिदिँदा जगल र बोटविरुवा मासिदै गएको विचार व्यक्त गरे ।
सचिव चन्द्रकला घिमिरे पहारीले वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ । यस्तो प्रदूषण कम गर्न आम सरोकारवालाहरू एकजुट भएर अगाडि वढ्नु पर्ने बताइन् ।
दिवसको अवसरमा बोटविरुवा संरक्षण कर्मी जगनाथ तिमिल्सिनालाई सम्मान गरिएको थियो । कार्यक्रममा बैदाम क्षेत्रमा रहेको विभिन्न सङ्घ संस्थाहरूको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु