गल्याङ नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

रनिङ शिल्ड

गल्याङ नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

13th rastrapati cup sygj

स्याङ्जा जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि गल्याङ नगरपालिकाले जितेको छ । १६ स्वर्ण, छ रजत र सात कास्य पदकसहित गल्याङले उपाधि हासिल गरेको हो ।

यस्तै, चापाकोट नगरपालिका १२ स्वर्ण, १८ रजत र ११ कास्य पदकका साथ दोस्रो भएको थियो भने ११ स्वर्ण, १४ रजत र तीन कास्य पदक जितेको पुतलीबजार नगरपालिका तेस्रो बनेको थियो ।

जिल्ला खेलकुद विकास समिति स्याङ्जाको आयोजनामा जेठ १९ गतेबाट स्याङ्जाको चापाकोट नगरपालिका – १० सुन्तलीटारस्थित गंगालाल खेलमैदानमा प्रतियोगितामा भएको थियो । प्रतियोगितामा यहाँका पाँच पालिकाका खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा छात्र/छात्रा दुवैतर्फ भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट खेलका विधामा ४३ स्वर्ण, ४३ रजत र ४३ कास्य पदकमा प्रतिस्पर्धा भएको समितिका अध्यक्ष प्रकाश रेग्मीले बताए ।

प्रतियोगितामा व्यक्तिगत प्रतिस्पर्धामा प्रथम र सामुहिक खेलमा उत्कृष्ट खेलाडी यहि जेठ २६ र २७ गते गोरखामा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ