स्कोप कास्कीको शब्दखेल प्रतियोगिता सम्पन्न, डिज्नील्याण्ड एकेडेमी प्रथम

स्कोप कास्कीको शब्दखेल प्रतियोगिता सम्पन्न, डिज्नील्याण्ड एकेडेमी प्रथम

SCOPE Sabda khel

पोखरा । कास्कीमा रहेका १० वटा निजी विद्यालयको क्लस्टरका रुपमा स्थापित स्कोप कास्कीले आधारभूत तह स्तरीय शब्दखेल प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा डिज्नील्याण्ड एकेडेमी प्रथम, शान्ति निकेतन द्वितीय, ज्ञानुबाबा आवासीय माध्यमिक विद्यालय तृतीय र ज्ञानगङ्गा विद्यापिठ सान्त्वना स्थान हात पारेका छन् ।

कार्यक्रममा बोल्दै प्रा। डा। कुसुमाकर न्यौपानेले प्रतियोगिताले विद्यार्थीमा भाषामा शुद्धता आउने बताए । उनले बिग्रिँदै गएको भाषालाई शुद्धिकरण गर्दै जानुपर्ने समय आएको बताउर्दे यस्ता कार्यक्रमले विद्यार्थीहरूमा भाषाप्रतिको माया बढ्दै जाने बताए । छोटो समयमा नै स्कोप, कास्कीमा आवद्ध विद्यालयहरूले माध्यमिक शिक्षा परीषाको नजितामा कास्की मात्र नभई देशभर नेपाल अब्बल सावित गरेकोमा बधाई दिए ।

प्रतियोगिताका संयोजक स्कोप, कास्कीका कोषाध्यक्ष तथा डिज्नील्याण्ड एकेडेमीका संस्थापक/प्राचार्य नरेशप्रसाद बरालले विद्यार्थीमा नेपाली भाषा प्रयोगका लागि थप ऊर्जा प्राप्त भएको बताए ।

स्कोप, कास्कीका अध्यक्ष डा. महेश्वर पराजुलीले भाषा सम्बन्धी कार्यक्रमले विद्यार्थीहरूबाट समेत केही सिक्ने अवसर प्राप्त भएको बताए ।

प्रतियोगितामा डिज्नील्याण्ड एकेडेमीका नेपाली विभागीय प्रमुख हरिप्रसाद शर्माले निर्णायक रहेका थिए । संस्थाका उपाध्यक्ष दुर्गाबहादुर थापाले स्वागत मन्तव्य राखेका कार्यक्रमको संचालन सचिव दिपक शाहले गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ