स्याङ्जा प्रहरीले एकै दिन आठ जना फरार प्रतिवादी पक्राउ गरेको छ । यही जेठ २२ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन प्रहरी टोलीले विभिन्न स्थानबाट एकै दिन फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
पक्राउ परेकाहरु अदालतबाट बैंकिङ कसुर, चेक अनादर र कुटपिट मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका छन् । उनीहरु सबैलाई कैद भुक्तान तथा एक करोड एकसष्ठी लाख आठ हजार चार सय बयालीस रुपैयाँ जरिवाना असुलका लागि स्याङ्जा अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।
बैंकिङ कसुरमा पक्राउ पर्नेहरुमध्ये भिम बहादुर विश्वकर्मालाई २३ दिन कैदका साथै ८० लाख रुपैयाँ जरिवाना, कमला केसीलाई ७९ लाख ८८ हजार रुपैयाँ जरिवाना, बत्ती विकलाई एक दिन कैदका साथै एक लाख रुपैयाँ जरिवाना र शिवलाल लम्साललाई १६ हजार ७५० रुपैयाँ जरिवाना तोकिएको थियो ।
यस्तै, चेक अनादर मुद्दामा पक्राउ परेकाहरुमध्ये झबनाथ भण्डारीलाई दुई हजार रुपैयाँ जरिवाना, अमराज गुरुङलाई एक हजार रुपैयाँ जरिवाना र गंगामाया गुरुङ्सेनीलाई पाँच सय ८२ रुपैयाँ जरिवाना साथै कुटपिट मुद्दामा पक्राउ परेका ढाल बहादुर सुनारलाई एक सय दस रुपैयाँ जरिवाना तोकिएको थियो ।
अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारबाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि फरार प्रतिवादीहरु पक्राउ गरिरहेको प्रवक्ता चौधरीले बताए ।
यसअघि प्रहरीको इतिहासमै पहिलोपटक स्याङ्जा प्रहरीले लामो समयदेखि फरार रहेका एकैदिनमा एक सय एघार जना प्रतिवादीहरुलाई पक्राउ गरेको थियो ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा