पोखरा । पोखरामा भएको एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी–२० क्रिकेट च्याम्पियनसीपको उपाधि पोखरा–३ नदीपुरस्थित प्रतिभा माविले जितेको छ।
पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा आईतबार भएको उपाधि भिडन्तमा प्रतिभा माविले सिर्जना माविलाई ८ विकेटले पराजित गर्दै उपाधि चुमेको हो।
टस जितेर प्रतिभाले फिल्डिङ रोजेपछि पहिलो व्याटिङमा उत्रिएको सिर्जना माविले १४/४ ओभरमा १० विकेटको क्षतीमा ६० रन बनाएको थियो। प्रतिभा माविका बलरसामु सिर्जनाका व्याटर निरीह देखिएका थिए।
शुरुदेखि नै दवाबमा खेलेको सिर्जनाका व्याटरमध्ये अभय विक बाहेकले सम्हालिएर खेल्नै सकेनन्। अभय विकले १८ रन बनाउनु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
प्रतिभाका बलरहरुले सिर्जनाका ब्याटरहरुको व्याटिङ अर्डर ध्वस्त पारेका थिए। प्रतिभाका सरोज पौडेलले ४ तथा रेमिट शर्माले ३ विकेट लिएका थिए। ६१ रनको झिनो लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको प्रतिभा माविले केवल ५/१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।
प्रतिभा माविका लागि सफल श्रेष्ठ एक्लैले ३९ रन बनाएपछि सहजै जित निस्केको थियो। पोखरा महानगरपालिका क्रिकेट संघले आयोजना गरेको यो प्रतियोगितामा पोखराभित्रका १२ वटा विद्यालय सहभागि थिए।
सम्बन्धित खबर
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा
एमाले ११औं महाधिवेशन: निर्वाचनको नतिजा भोलि मात्रै आउने
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?