वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ

अपराध

वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ

प्रहरी अनुसन्धान जारी

rambazar ghatana

पोखरा महानगरपालिका वडा नं. १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा हत्या गरिएका युवाको सनाखत हुन सकेको छैन ।

करिब ३० वर्षीय उक्त युवकको हुलिया र शरीरमा लगाइएको पोशाक हेर्दा निम्न वर्गका देखिन्छन् । स्थानीयका अनुसार रातकै समयमा उनीमाथि प्रहार भएको हो ।

सडकमा रक्ताम्मे अवस्थामा भेटिएका युवकलाई ह्यामर प्रयोग गरी ज्यान लिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

बिहान साढे ८ बजेसम्म पनि उनको पहिचान खुल्न नसकेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले गण्डकन्यूजलाई जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, कास्की र वडा प्रहरी कार्यालय, रामबजारको टोली घटनास्थल पुगी अनुसन्धान गरिरहेको डीएसपी बस्नेतले जानकारी दिए ।

सम्बन्धित समाचारः

पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ