गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँको भिमाद नगरपालिकाले वडाध्यक्षका छोरालाई नदीजन्य पदार्थ उत्खनन्को ठेक्का दिलाउन भित्रभित्रै ठूलो सेटिङ गरेको भन्दै स्थानीयले चर्को विरोध गरेका छन् । नगरपालिकाको वडा नम्बर ७ स्थित सियाखानीमा स्थानीयले विरोध गर्दागर्दै प्रहरीको संरक्षणमा खोला उत्खनन् गरिएपछि यस्तो तथ्य खुलेको हो ।
अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । शिवशक्ति क्रसर उद्योगले त्यहाँ धमाधम डोजर लगाएर बालुवा निकालिरहेको छ । स्थानीयहरुको विरोधलाई रोक्न दर्जनौँको संख्यामा प्रहरी तैनाथ गरिएको भिडियोमा देखिन्छ ।
स्थानीयले बताएअनुसार उक्त उद्योगका मालिक ६ नम्बरका वडाध्यक्ष श्याम सुन्दर जोशी हुन् । कागजपत्रमा भने उनका छोरा विधान जोशीको नाम छ ।
नदी तथा खानीजन्य पदार्थ उत्खनन् गर्दा प्रभावित क्षेत्रका वासिन्दालाई क्षतिपूर्ती दिनुपर्ने कानुनी प्रवन्ध छ । तर, शिवशक्ति क्रसरले भने स्थानीयसँग क्षतिपूर्तीबारे अहिलेसम्म सामान्य छलफलसम्म गरेको छैन । बरु, उल्टै प्रहरीको सुरक्षा घेरामा निर्वाध नदी खोतल्ने काम गरिरहेकाे छ ।
भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदी र क्रसर संचालन भएको ठाउँ ७ नम्बरका वडाध्यक्ष प्रकाश श्रेष्ठ दुबै एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । शिवशक्ति क्रसरका मालिक अर्थात् ६ नम्बरका वडाध्यक्ष जोशी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । अरुबेला पक्ष-विपक्ष हुने गरेकाकांग्रेस र एमालेका जनप्रतिनिधिले मिलेमतोमा खोला उत्खनन् गरेको स्थानीय बताउँछन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा इभी भ्यान र ट्रक एकापसमा ठोक्किँदा इभी चालक घाइते
गोठमा काम गरिरहेका किसानमाथि पहिरो खस्यो, स्याङ्जामा एक जनाको मृत्यु
कतारमा रहेका भीरकोटवासीद्वारा तीन बिरामी परिवारलाई आर्थिक सहयोग
१० वर्षदेखि फरार बहुविवाह मुद्दाका दोषी पक्राउ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ