पोखरामा प्रचण्ड कप आमन्त्रित राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
नेसनल स्पोर्ट्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरे ।
उद्घाटन खेलमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल नेपालको नेपाल एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो । पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पारेको एनपिसीले प्रतिष्पर्धात्मक दोस्रो सेटमा एपीएफलाई २७-२५ ले हरायो ।
एनपिसीले एपीएफलाई तेस्रो सेट २५–१७ ले पराजित गर्दै ३—० को सोझो सेटमा जित निकाल्यो ।
दोस्रो खेलमा समूह ‘बी’ अन्तर्गत टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लब प्रतिष्पर्धामा उत्रिएका छन् ।
प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल पुलिस क्लब, स्टेप रामपुर क्लब र सशस्त्र प्रहरी बल नेपालको नेपाल एपीएफ क्लब छन् भने समूह ‘बी’ मा टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र एभरेस्ट भलिबल क्लब छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल जेठ ३१ गते हुनेछ ।
प्रतियोगिताको विजेताले छ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पाउनेछ ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई तीस हजार र विधागततर्फ उत्कृष्ट हुनेलाई समान बीस/बीस हजार रुपैयाँ प्रदान गरिने एकेडेमीका अध्यक्ष दीपक कोइरालाले बताए । एकेडेमीको माध्यमबाट नेपालको लोकप्रिय खेल तथा राष्ट्रिय खेल भलिबललाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको कोइरालाले बताए ।
आगामी दिनमा यस प्रतियोगितालाई अझ उत्कृष्ट बनाउँदै लैजाने एकेडेमीले लक्ष्य लिएको बताउँदै कोइरालाले फागुनसम्म पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने बताए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन