घाँस काट्ने क्रममा करेन्ट लागेर १५ वर्षकी बालिकाको मृत्यु

दुर्घटना

घाँस काट्ने क्रममा करेन्ट लागेर १५ वर्षकी बालिकाको मृत्यु

current ghaas 22

तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार १५ वर्षीया निर्मला कुमालको करेन्ट लागेर मृत्यु भएको हो। सोमबार साँझ अन्दाजी ६:३० बजे आफ्नै घर नजिकै रहेको बारीको पिपलको रुखमा घाँस काट्ने क्रममा उनी विद्युतको मेन लाइनमा छुन पुगेकी थिइन्।

करेन्ट लागेर गम्भीर घाइते भएकी निर्मलालाई तत्कालै उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्र, बेलचौतारा लगिएको थियो। तर, सोही दिन साँझ ८:१० बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ