अस्ट्रियाको एक माध्यमिक विद्यालयमा भएको गोली काण्डमा ११ जनाको मृत्यु भएको छ।
मंगलबार अस्ट्रियाको ठूलोमध्येको सहर ग्राजमा रहेको बर्ग ड्रायर्सुट्जेनगासे स्कुलमा भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको हो।
मंगलबार बिहान १० बजे उक्त विद्यालयमा प्रवेश गरी २१ वर्षीय युवकले अन्धाधुन्ध गोली चलाएका थिए। दुई वटा कक्षाकोठामा गोली चलाएर उनले १० जनाको हत्या गरेको धेरै विद्यार्थीलाई घाइते तुल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ।
आर्टुर ए. नाम गरेका एक ती विद्यार्थी एउटा सटगन र एउटा पेस्तोल बोकेर कक्षाकोठा छिरेका थिए। त्यसपछि अन्धाधुन्ध गोली चलाउन थालेका थिए।
विद्यालयमा गोली चलेपछि घटनास्थलमा तत्काल ३०० जनाभन्दा बढी प्रहरी र एम्बुलेन्सहरू परिचालन गरिएका थिए। घाइतेहरूलाई तत्काल अस्पताल पुर्याएको भए पनि एक जनाको उपचारकै क्रममा मृत्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
गोली चलाउने युवक पछि शौचालयमा मृत भेटिएका थिए।
९ जनाको घटनास्थलमै हत्या गरेपछि उनेल आफूमाथि गोली चलाएका थिए भनेर अन्तर्राष्ट्रियस समाचार संस्था रोयटर्सले जनाएको छ। उनी मृत भेटिएको ठाउँबाट २ वटा हतियार र एउटा चिर्कटो भेटिएको छ। जसमा उनले आफ्ना अभिभावकहरूलाई अलविदा भनेर लेखेको बताइएको छ।
प्रहरी अनुसन्धानका अनुसार घटनामा उनी एक्लै संलग्न थिए। उनले गोली चलाउनुको कारण र उद्धेश्य अझै नखुलेको रोयटर्सले जनाएको छ।
स्थानीय सञ्चारमाध्यमहरूले सो विद्यालयमा पढ्दा उनीमाथि होच्याउने, जिस्क्याउने गरेर उनीमाथि अपमान गरिएको भन्ने उल्लेख गरिएको छ।
प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको छ।
अस्ट्रियामा यो अहिलेसम्मकै ठूलो गोलीकाण्ड भनिएको छ।
सन् २०२० मा भियनाको केन्द्रमा एक जिहादीले गरेको गोलीकाण्डमा चार जनाको मृत्यु र २२ जना घाइते भएका थिए। त्यसअघि सन् १९९७ मा माउटनफोर्डमा एक ३६ वर्षीय मेकानिकले ६ जनालाई गोली हानेर हत्या गरी आफूले पनि आत्महत्या गरेका थिए।
अस्ट्रियाका चान्स्लर क्रिश्चियन स्टकरले गोलीकाण्ड इतिहासकै कालो दिन रहेको बताएका छन्। उनले देशभरि बुधबारदेखि तीन दिन शोक घोषणा गरेका छन्।
जर्मन चान्स्लर फ्रेडरिक मर्जसहित विदेशी नेताहरले पनि घटनाबारे दुःख व्यक्त गरेका छन्।
सम्बन्धित खबर
अब फिल्मका लागि गीत नगाउने अरिजित सिंहको घोषणा
अमेरिकाबाट ९० नेपाली डिपोर्ट, हालसम्म ४ सय बढी नेपाली डिपोर्ट
भारतको हिमाचलमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोटमा ९ नेपालीको मृत्यु
गायक प्रशान्त तामाङ रहेनन्
अमेरिकाको ग्रिन कार्ड लटरी ट्रम्प प्रशासनद्वारा स्थगित
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव