पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति र सदस्य सचिव मध्ये कम्तीमा एक पद सहित समावेशी प्रतिनिधित्वको ललित कलाकर्मी कलाकारहरुको माग गरेका छन् ।
बि. स. २०७७ मा गण्डकी प्रज्ञा प्रतिष्ठानको गठन हुँदा एक जना पनि ललित कलाकर्मीलाई समावेश नगरेर गण्डकी प्रदेश सरकारले ललितकलाकर्मीहरूको अपमान गरेको, बजेट विनियोजनमा पनि विभेद गरी अत्याचार गरेको र समग्र ललितकला क्षेत्रको अपहेलना गरेको थियो। यो अस्वीकार्य कार्यको घोर भत्र्सना बिज्ञप्ति मार्फत गरेका छन् ।
गण्डकी प्रदेश सरकारले यस गम्भीर त्रुटिलाई सच्याउँदै आगामी दिनमा गण्डकी प्रज्ञा प्रतिष्ठानको संरचना र नियुक्ति प्रक्रियामा विधागत सन्तुलन तथा समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिई सबै कला र साहित्यका विधालाई समान सम्मान र अवसर प्रदान गर्ने विश्वास ललित कलाकर्मी कलाकारहरुले लिएका छन् ।
साथै ललित कलाकर्मी कलाकारहरुले कुलपती, उपकुलपती र सदस्य सचिव मध्ये कम्तीमा एकमा पनि कोहि परेन भने विद्रोह गर्ने र प्रज्ञासभा सदस्यमा मात्र थन्काउन खोजे नियुक्ति पत्र नबुझने, शपथ नखाने बहिस्कार गरी अवज्ञा आन्दोलनात्मक कार्यक्रमहरु अघि बढाउन बाध्य हुने बताएका छन् ।
गण्डकी प्रज्ञा प्रतिष्ठानमा दरखास्त दिएका कलाकारहरु पार्वती अधिकारी, मिलन खत्री, शिब शिर्पालि, तिर्थ सुवेदी, उज्वल नेपाली, बाबुराम बस्ताकोटी, रिक बहादुर गुरुङ, नारायण बहादुर गुरुङ, प्राज्ञ नगेन सिंह ठकुरी र समर्थकहरू सिर्जनशील कलाकार समूह, नेपाल व्यवसायिक कलाकार संघ, नेपाल कमर्शियल आर्टिष्ट संघ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, महेश आचार्य केन्द्रिय प्रतिनिधि (केन्द्रिय सदस्य, नेपाल ललितकला लोकतान्त्रिक संघ) का हस्ताक्षर रहेको बिज्ञप्तिमा नेपालमा गणतन्त्रको स्थापना पश्चात साबिक नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई विधागत रूपमा विभाजन गरी तिन प्रतिष्ठान स्थापना भएको जनाएका छन् ।
बिज्ञप्तिमा तिन प्रतिष्ठानहरूले क्रमशः नेपाल प्रज्ञा प्रतिष्ठान (भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्र), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान (गायन, सङ्गीत, वादन, नृत्य, नाटक, अभिनय र रङ्गमञ्च) र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (चित्रकला, मूर्तिकला, हस्तकला, शिल्पकला, वास्तुकला, परम्परागत, लोककला, वैकल्पिक तथा अन्य सृजनात्मक कला) क्षेत्रमा विशिष्टीकरण प्राप्त गरेको उल्लेख गरेका छन् ।
यसै सन्दर्भमा, गण्डकी प्रदेश राजपत्र, भाग १, मिति २०७७ र ०५ र १९ मा प्रकाशित संवत् २०७७ सालको ऐन नं. १० बमोजिम (गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन) ले गण्डकी प्रदेशका भाषा, साहित्य, लोक साहित्य, संस्कृति, ललितकला, नाट्यकला, सङ्गीतको अध्ययन अनुसन्धान गरी संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना गरेको उल्लेख गरेका छन् ।
यसले स्पष्ट रूपमा भाषा, साहित्य, लोकसाहित्य, संस्कृतिलाई एक विधा, ललितकलालाई अर्को र सङ्गीत तथा नाट्यकलालाई अर्को विधाका रूपमा परिभाषित गरेको र सङ्घीय राज्य प्रणालीको मर्म र उपर्युक्त राष्ट्रिय प्रतिष्ठानहरूको विधागत विभाजनलाई आत्मसात गर्दै, गण्डकी प्रज्ञा प्रतिष्ठानलाई पनि निम्न तीन प्रमुख विधागत क्षेत्रमा विभाजन गरिनुपर्ने माग गरेका छन् । १. भाषा तथा साहित्य २. सङ्गीत तथा नाट्यकला ३. ललितकला
ललित कलाकर्मी कलाकारहरुले उक्त विभाजनअनुरूप प्रतिष्ठानको २४ सदस्यीय प्रज्ञा सभाका सदस्यहरूको नियुक्ति पनि यी तीनै विधागत क्षेत्रबाट समानुपातिक प्रतिनिधित्वका आधारमा गरिनुपर्छ। साथै, कुलपति, उपकुलपति र सदस्य सचिवजस्ता प्रमुख पदहरूमा पनि यही विधागत सन्तुलन कायम गरिनुपर्ने हाम्रो जोडदार माग गरेका छन् ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ