नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपीएफ) क्लब, टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबले पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय आमन्त्रित महिला भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएका छन् ।
गण्डकी र एभरेस्टबीच बिहीबारको दोस्रो खेलमा गण्डकीलाई जितेसँगै एभरेस्ट क्लब सेमिफाइनल प्रवेश गरेको छ । समूह `बी´ मा रहेको गण्डकी प्रदेश टीम भने बाहिरिएको छ । समूह `ए´ बाट टीम एनपिसी पनि सेमिफाइनल पुगिसकेको छ ।
नेसनल स्पोर्ट्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको अन्तिम खेलमा एभरेस्टले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट २५–२१ ले गुमाएको एभरेस्टले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्न सफल रह्यो । एभरेस्टले दोस्रो सेट २५–१४, तेस्रो सेट २५–१२ र चौथो सेट २५–१४ ले जितेको हो । सेट र अंकका आधारमा न्यु डायमण्ड समूह विजेता र एभरेस्ट क्लब उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।
समूह ‘बी’ अन्तर्गत न्यु डायमण्डले पहिलो खेलमा एभरेस्टलाई ३–० को सोझो सेटमा र दोस्रो खेलमा गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । हिजो भएको खेलमा एभरेस्टले गण्डकीलाई ३–१ को सेटमा पराजित गरेको हो ।
यसअघि समूह `ए´ बाट सशस्त्र प्रहरी बल (एपीएफ) र एनपिसीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । एनपिसी समूह विजेता र एपीएफ उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । दुई खेलमा पराजित भएको स्टेप रामपुर कल्ब भने प्रतियोगिताबाट बाहिरियो ।
सेमिफाइनलका खेल आज हुनेछन् । पहिलो सेमिफाइनल समूह `ए´ को विजेता एनपिसी र समूह `बी´ को उपविजेता टीम एभरेस्टबीच हुनेछ । उक्त खेल दिउँसो तीन बजेबाट सुरु हुनेछ ।
दोस्रो सेमिफाइनल खेल समूह `बी´ विजेता टिपटप न्यु डायमण्ड र समूह `ए´ उपविजेता टोली सशस्त्र प्रहरी बल (एपीएफ) बीच हुनेछ । उक्त खेल दिउँसो ५ बजे सुरु हुनेछ । फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले छ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पाउनेछ ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई तीस हजार र विधागततर्फ उत्कृष्ट हुनेलाई समान बीस/बीस हजार रुपैयाँ प्रदान गरिने एकेडेमीका अध्यक्ष दीपक कोइरालाले बताए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन