काठमाडौं : जिल्ला अदालत काठमाडौंले तीनकुने भएको राजावादीको हिंसात्मक प्रर्दशनका मुख्य कमाण्डर दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासले गत चैत १५ मा तीनकुने घटनामा संलग्न प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान र ३२ जनालाई धरौटी जमानतमा छाड्न आदेश गरेको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुपराजावादी भन्ने गोकर्ण शाही, सुशिल बराल, दण्डपाणी रेग्मी, केशव बस्नेत र कुमार तामाङलाई पुर्पक्षमा जेल चलान गर्ने आदेश भएको हो। उनीहरुलाई १० हजारदेखि १ लाखसम्म धरौटी तोकेर रिहा गर्न आदेश दिएको छ।
अदालत स्रोतका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई फरार सूचीमा राखेको छ।
पूर्वराजाको समर्थनमा २०८१ चैत १५ गते तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार संकलन गर्न गएका पत्रकार सुरेश रजकसहित २ जनाले ज्यान गुमाएका थिए। राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए। प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार भएपछि प्रहरीले पक्राउ गरेको थियो। उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन,सञ्चारगृह र व्यापारिक केन्द्रमा ढुंगामुढा,आगजनी,तोडफोड र लुटपाट गरेका थिए।
हेर्नुहोस् कसलाई कति धरौटी ?

सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’