सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइनेछः स्वास्थ्य मन्त्री पौडेल

सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइनेछः स्वास्थ्य मन्त्री पौडेल

pradip-poudel

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ आर्थिक वर्षमा न्यूरो साइन्सेस सेन्टर स्थापना गरिने बताएका छन् ।

राष्ट्रिय सभामा सदस्य जगप्रसाद शर्माले उठाएको प्रश्नको जवाफ दिंदै उनले नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत नीति कार्यक्रममा एक सुविधा सम्पन्न न्यूरो साइन्सेस सेन्टर स्थापना गर्ने उल्लेख भएको र बजेट समेत व्यवस्था भएको बताए ।

मन्त्री पौडेलले सो केन्द्रमा विशेष पुनस्र्थापना ईकाई बनाइने बताए । पुनस्र्थापना सेवा स्वास्थ्य प्रणालीको अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले विशेषगरी दीर्घकालीन रोग, अपाङ्गता, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई पुनःसामान्य जीवनमा फर्कन सघाउने बताए ।

अहिले नेपालमा निजी क्षेत्रबाट सञ्चालित पुनस्र्थापना केन्द्रहरू प्रमुख सहरहरूमा सीमित रहेको भन्दै मन्त्री पौडेलले सबै क्षेत्रका सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयासरत रहेको बताए ।

‘पुनस्र्थापना सेवा प्रत्यक्षरूपमा क्लिनिकल तथा दीर्घकालीन स्वास्थ्य प्रणालीसँग आबद्ध हुने भएकाले, यसमा विभिन्न विभाग, महाशाखा तथा मन्त्रालयबीच समन्वय आवश्यक पर्दछ,’ मन्त्री पौडेलले भने, ‘मन्त्रालयले स्थानीय तहलाई पुनस्र्थापना कार्यमा सशक्त बनाउनका लागि स्रोत र क्षमता अभिवृद्धि गर्दै पुनस्र्थापना सेवा कृत्रिम अंग र सहायक उपकरणको विस्तार गरिरहेको बताए ।

मन्त्री पौडेलले नेपालको स्वास्थ्य प्रणालीलाई पुनस्र्थापनामैत्री बनाउने दिशातर्फ बाटो अघि बढिरहेको बताए ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य सेवा विभाग मातहतको ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखा मार्फत पुनस्र्थापना सेवा प्रवाह भईरहेको मन्त्री पौडेलले बताए ।

‘नेपाल सरकारको नीति तथा कार्यक्रम आ।व। २०७९ । २०८० मा शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्ति तथा क्यान्सर लगायतका दीर्घरोगबाट प्रभावित नागरिकहरूको लागि सातै प्रदेशमा पुनस्र्थापना तथा परामर्श केन्द्र स्थापना गर्न मापदण्ड, ल्याई कार्य भईरहेको छ,’ उनले भने,‘पुनस्र्थापना सेवाको पहूँच र गुणस्तर कायग गराउन राष्ट्रिय पुनस्र्थापना सम्बन्धी रणनीतिको तयारी भैरहेको छ ।’

अहिले २३ वटा सङ्घीय अस्पतालहरु, ३६ वटा प्रादेशिक अस्पताल र जिल्ला अस्पतालहरुबाट फिजियोथेरापी सेवाहरु प्रवाह भईरहेको छ ।

सरकारले तयार पाररिरहेको राष्ट्रिय पुनस्र्थापना रणनीतिको मस्यौदामा संघीय तहमा नमुनाको रुपमा कम्तीमा एउटा सरकारी पुनस्र्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ