आमा समूहका लागि माईन्यूट लेखन तालिम सम्पन्न

आमा समूहका लागि माईन्यूट लेखन तालिम सम्पन्न

photo aama

पोखरा । कुनै पनि संघसंस्थाको कार्यलाई प्रभावकारी बनाउन पदाधिकारीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । उक्त आवश्यकताको महसुस गरि शुभकामना आमा समुहले एक दिने माइन्यूट लेखन तालिम सम्पन्न गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. १७ को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा आमा समूह र टोल विकास संस्थाका पदाधिकारीलाई वैठकका निर्णय लेख्ने तथा कार्यक्रम सञ्चालन गर्दा ध्यान दिनु पर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमको उद्घाटन गर्दै तालीमबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा उतार्न सहभागिलाई आग्रह गरिन् । सिमित श्रोत साधनको बाबजुद पनि वडाकोतर्पmबाट सवै क्षेत्रको समुचित विकासमा सक्दो सहयोग गर्दै आएको उनको भनाई थियो ।

कार्यक्रममा सञ्चारकर्मी हरि बास्तोलाले आमाहरु नेतृत्व विकाससंगै उत्पादनसँग जोडिनु पर्ने आवश्यकता औल्याउँदै बजारको आवश्यकता अनुसारको वस्तु उत्पादन गरेर आयआर्जन गर्नेतर्पm लाग्नु पर्नेमा जोड दिए ।

समाजसेवी टिकाराम पौडेलले सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने आमाहरुलाई सक्षम बनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्लेन विश्वास व्यक्त गरे ।विभिन्न आमा समुह र टोल विकास संस्थाका ४० जनाको सहभागिता रहेको उक्त तालिममा सुष्मा पौडेलले प्रशिक्षण दिएकी थिइन् ।

आमा समूहका अध्यक्ष पार्वती खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नारिशक्ति जागरण आमा समूहका अध्यक्ष राधादेवी लम्साल, समुहका उपाध्यक्ष मिना द्धारे र सचिव सिर्जना खनाले समुहको महत्व र खेल्दै आएको भुमिकाका बारेमा प्रकाश पारेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ