पोखरा। अधिकारी समाज कास्की इकाई समिति प्रस्याङ्गौरा आयोजित जेष्ठ नागरिक सम्मान एवं खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ ।
समाजले वार्षिकरुपमा गर्दै आएको रक्तदान कार्यक्रम यस वर्ष विश्व रक्तदाता दिवसकै अवसर पारेर आयोजना गरिएको समितिका अपाध्यक्ष एवम कार्यक्रम संयोजक श्रीराम अधिकारीले बताए ।
कार्यक्रमको अधिकारी समाज कास्की जील्ला अध्यक्ष हेमन्त अधिकारीले समाजकै आजीवन सदस्य ओम प्रसाद अधिकारीलाई व्लडव्याग हस्तान्तरण गरि अद्घाटन गरे । कार्यक्रममा बोल्दै अधिकारीले इकाइ समितिको सक्रियताको प्रंशसा गर्र्दै समाजिक कार्यमा सबै एकजुट हुन आग्रह गरे । उनले किशोर किशोरीहरुले आफ्नो युवा अवस्थामा प्रवेश गरिरहदा आफ्नो १८ औं जन्मदिन रक्तदान गरेर सामाजिक एवम् मानविय धर्म कार्यको सुरुवात गर्नुपर्ने बताए ।
प्रादेशिक रक्त सञ्चार सेवा कास्कीका वरिष्ठ प्राविधिक महेन्द्र केसीले रगतको विकल्प रगत मात्रै भएको बताउदै दुर्घटना, शल्यक्रिया वा अन्य आकस्मिक अवस्थामा रगतको आवश्यकता मानिसको जीवन संग जोडिएको बताए । सो अवसरमा समाजका जिल्ला सदस्य पूर्णभद्र अधिकारी , पुर्व जील्ला अध्यक्ष शंकर प्रसाद अधिकारी लगाएत बोलेका थिए ।
कार्यक्रममा ८० वर्ष पुरा भएका इकाइ समिति भित्रका ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मान हनेमा रविलाल , वालाकृष्ण, नन्दकली, धनमाया, चुडामणी र वसन्धरी अधिकारी रहेका छन् ।
अधिकारी समाज कास्की इकाई समिति प्रस्याङ्गका अध्यक्ष रुद्रप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव पुष्पराज अधिकारीले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !