पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने मल्टिमिडिया पत्रकारिता तालिम आज शनिबार सम्पन्न भएको छ ।
तालिमको समापन सत्रमा बोल्दै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पत्रकारिता क्षेत्रलाई सशक्त र प्रभावकारी बनाउनको लागि यो तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
उनले अहिलेको समय सूचना र प्रविधिले फड्को मारिसकेको भन्दै हामीले पनि आफूलाई प्रविधि सँगसँगै अगाडि बढाउन जरुरी रहेको बताइन् ।
नेपाल खोजमुलक मल्टिमिडिया पत्रकारिता संजालको प्राविधिक सहयोगमा संचालित तालिमका प्रमुख प्रशिक्षक संजालका संस्थापक रननीश भण्डारी रहेका थिए ।प्रशिक्षक भण्डारीले मल्टिमिडिया सम्बन्धि पछिल्लो अवस्था, कान्भा फर जर्नालिजम, एआई पत्रकारिता, च्याट जेपिटी लगायत नयाँ प्रविधिको प्रयोग बारेमा प्रशिक्षण दिएका थिए ।
भण्डारीले अवको पत्रकार डिजिटल माध्यमको नयाँ नयाँ प्रविधिसँग पनि सक्षम हुनुपर्नेमा जोड दिए ।
तालिमको अन्तिम दिन आज प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछाने डाटा पत्रकारिताको बारेमा प्रशिक्षण दिएका थिए ।
सहभागीको तर्फबाट पत्रकार मिना थापा मगरले तालिम अति उपयोगी र प्रभावकारी भएको बताइन् । नयाँ प्रविधिसँगै पत्रकारीता क्षेत्रमा पनि नयाँ युग सुरु भएको र यसबारे तालिमले सहजता प्रदान गरेको उनको भनाई थियो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रमको सञ्चालन सचिव भुपाल गरुङले गरेका थिए ।
जेठ २९, ३० र ३१ गते (३ दिन) सम्म सञ्चालन भएको तालिममा कास्कीका ७० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’