पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने मल्टिमिडिया पत्रकारिता तालिम आज शनिबार सम्पन्न भएको छ ।
तालिमको समापन सत्रमा बोल्दै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पत्रकारिता क्षेत्रलाई सशक्त र प्रभावकारी बनाउनको लागि यो तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
उनले अहिलेको समय सूचना र प्रविधिले फड्को मारिसकेको भन्दै हामीले पनि आफूलाई प्रविधि सँगसँगै अगाडि बढाउन जरुरी रहेको बताइन् ।
नेपाल खोजमुलक मल्टिमिडिया पत्रकारिता संजालको प्राविधिक सहयोगमा संचालित तालिमका प्रमुख प्रशिक्षक संजालका संस्थापक रननीश भण्डारी रहेका थिए ।प्रशिक्षक भण्डारीले मल्टिमिडिया सम्बन्धि पछिल्लो अवस्था, कान्भा फर जर्नालिजम, एआई पत्रकारिता, च्याट जेपिटी लगायत नयाँ प्रविधिको प्रयोग बारेमा प्रशिक्षण दिएका थिए ।
भण्डारीले अवको पत्रकार डिजिटल माध्यमको नयाँ नयाँ प्रविधिसँग पनि सक्षम हुनुपर्नेमा जोड दिए ।
तालिमको अन्तिम दिन आज प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछाने डाटा पत्रकारिताको बारेमा प्रशिक्षण दिएका थिए ।
सहभागीको तर्फबाट पत्रकार मिना थापा मगरले तालिम अति उपयोगी र प्रभावकारी भएको बताइन् । नयाँ प्रविधिसँगै पत्रकारीता क्षेत्रमा पनि नयाँ युग सुरु भएको र यसबारे तालिमले सहजता प्रदान गरेको उनको भनाई थियो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रमको सञ्चालन सचिव भुपाल गरुङले गरेका थिए ।
जेठ २९, ३० र ३१ गते (३ दिन) सम्म सञ्चालन भएको तालिममा कास्कीका ७० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह