पोखरा । अधिकृत बिक्रेता संघका सदस्यसहित दुई सय ४५ जनाको सित्तैमा मधुमेह, रगतमा हुने खराब बोसो (टिजी) र युरिक एसिड जाँच गरिएको छ ।
गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा शनिबार शिविर भएको हो ।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले मधुमेह, युरिक एसिड, टिजी लगायतका समस्याबारे प्रकाश पारे । उनले समाजमा चलेका भ्रमको पछि नलाग्न अनुरोध गर्दै बेला बेलामा स्वास्थ्य परीक्षण गर्न र चिकित्सकको सल्लाहअनुसार खानपान, जीवनयापन र औषधोपचार गर्न आग्रह गरे ।
‘सुगरले हानि पु¥याउन पाँच वर्ष लाग्छ, औषधी नखाई नियन्त्रण गर्छु भन्ने ठान्नुभो भने जीवन नै जोखिममा पर्न सक्छ,’ उनले भने, ‘बेला बेलामा जाँच गरी उचित उपचार गरे, खानपान र जीवनशैली सुधारे दीर्घ जीवन बाच्न सकिन्छ ।’
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले असाध्य पीडा भएपछि मात्र जाँच गराउने, स्वास्थ्य संस्था जाने परिपाटी छाड्न आग्रह गरे । उनले बेला बेलामा स्वास्थ्य जाँच गर्न आग्रह गर्दै अधिकृत बिक्रेता संघ, युआरएल जस्तै गरी अरु संस्थाले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।
अधिकृत बिक्रेता संघ पोखरा अध्यक्ष मनोजकुमार श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा कार्यक्रम संयोजक विजेन्द्र शर्मा पौडेल, सचिव दिलीपकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।
युआरएलले स्थापना कालदेखि नै आफैं र विभिन्न संघ, संस्थासँगको सहकार्यक्रमा दुई सय वटा निशुल्क शिविर गरिसकेको छ । युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थ सर्वसाधारणसम्म स्वास्थ्य सचेतनासँगै गुणस्तरीय सेवा पु¥याउन शिविरहरु आयोजना गर्दै आएको बताउँछन् ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला