पोखरा वडा नं. २७ स्थित त्रिवेणी इन्टरनेशनल कलेजले सफल व्यवसायी र विद्यार्थीहरुका बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
पोखराका सफल व्यवसायी नारायण प्रसाद पौडेलले विदेशमा सीप सिकेर आफ्नो मातृभूमिलाई पछ्याउँदै नेपालमा फर्केर व्यवसाय संचालन गरेको बताए ।
उनले जापानको लामो बसाईपछि नेपालमै केही गरौँ भन्ने उद्देश्यले नेपाल फर्केर शिक्षा, अटो र स्वास्थ्य क्षेत्रमा लगानी गरेको उल्लेख गरे ।
उनले नेपालमै उद्यमशिलताको सम्भावना रहेको स्पष्ट पार्दै त्यसका लागि आवश्यक जनशक्तिलाई व्यवस्थापन गर्न सकिने बताए । ‘विदेशमा पढ्न पनि सकिन्छ, सीप सिक्न सकिन्छ तर स्वदेश फर्केर व्यवसाय गर्ने, सेवामूलक कार्य गर्न जरूरी छ ।’ – उनले भने ।

पौडेलले नयाँ योजनाका साथ आउने बिद्यार्थीलाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । सबै व्यवसायी एकैपटकमा सफल नहुने उल्लेख गर्दै व्यवसायी पौडेलले स—सानो लगानीबाट व्यवसायी शुरु गर्न आग्रह गरे ।
पौडेलको मणिपाल शिक्षण अस्पताल, अटोवेज प्रालि, प्रतिभा मावि, एभरग्रीन एकेडेमी, पोखरा इन्फोम्याक्स लगायतमा संलग्नता रहेको छ ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष एवं व्यवसायी छत्रधर आत्रेयले सानो पूँजिबाट शुरु गरेका व्यबसायी सफल भएको बताउँदै, लगानीमा योजना आवश्यक रहेको बताए ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष सुमन भट्टराईले कलेजले विद्यार्थीहरुलाई विभिन्न समयमा फरक क्षेत्रमा सफल व्यक्तिको अनुभव शेयरिङ गर्दै आएको बताए । अध्यक्ष भट्टराईले विद्यार्थीलाई एकेडेमिक कोर्ष बाहेक सफल व्यवसायीको अनुभवले अध्ययनमा थप सहयोग पुग्ने बताए ।
कार्यक्रममा कलेजका निर्देशक बलराम ढकाल, क्याम्पस प्रमुख यदुराज आचार्य, सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल लगायतले बोलेका थिए । त्यस अवसरमा विद्यार्थीले व्यवसाय र सफलताका बारेमा विभिन्न जिज्ञासा राखेका थिए ।
कलेजले पछिल्लो समय विभिन्न पेशा तथा व्यवसायमा सफल व्यक्ति र विद्यार्थीकाबीच अन्तरक्रिया गर्दै आएको छ । कलेजमा व्यवस्थापन संकाय तर्फ स्नातक र स्नाकोत्तर तर्फ झण्डै ६ सय विद्यार्थी अध्ययन गर्दै आएका छन् ।


सम्बन्धित खबर
युआरएल हस्पिटलचोकमा शिविर
पोखरा आइपुगे सञ्जु राठोड
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा वडा नं. १४ का टोल सुधार समिति र विद्यार्थीलाई प्रशिक्षण
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?