पोखरा वडा नं. २७ स्थित त्रिवेणी इन्टरनेशनल कलेजले सफल व्यवसायी र विद्यार्थीहरुका बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
पोखराका सफल व्यवसायी नारायण प्रसाद पौडेलले विदेशमा सीप सिकेर आफ्नो मातृभूमिलाई पछ्याउँदै नेपालमा फर्केर व्यवसाय संचालन गरेको बताए ।
उनले जापानको लामो बसाईपछि नेपालमै केही गरौँ भन्ने उद्देश्यले नेपाल फर्केर शिक्षा, अटो र स्वास्थ्य क्षेत्रमा लगानी गरेको उल्लेख गरे ।
उनले नेपालमै उद्यमशिलताको सम्भावना रहेको स्पष्ट पार्दै त्यसका लागि आवश्यक जनशक्तिलाई व्यवस्थापन गर्न सकिने बताए । ‘विदेशमा पढ्न पनि सकिन्छ, सीप सिक्न सकिन्छ तर स्वदेश फर्केर व्यवसाय गर्ने, सेवामूलक कार्य गर्न जरूरी छ ।’ – उनले भने ।

पौडेलले नयाँ योजनाका साथ आउने बिद्यार्थीलाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । सबै व्यवसायी एकैपटकमा सफल नहुने उल्लेख गर्दै व्यवसायी पौडेलले स—सानो लगानीबाट व्यवसायी शुरु गर्न आग्रह गरे ।
पौडेलको मणिपाल शिक्षण अस्पताल, अटोवेज प्रालि, प्रतिभा मावि, एभरग्रीन एकेडेमी, पोखरा इन्फोम्याक्स लगायतमा संलग्नता रहेको छ ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष एवं व्यवसायी छत्रधर आत्रेयले सानो पूँजिबाट शुरु गरेका व्यबसायी सफल भएको बताउँदै, लगानीमा योजना आवश्यक रहेको बताए ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष सुमन भट्टराईले कलेजले विद्यार्थीहरुलाई विभिन्न समयमा फरक क्षेत्रमा सफल व्यक्तिको अनुभव शेयरिङ गर्दै आएको बताए । अध्यक्ष भट्टराईले विद्यार्थीलाई एकेडेमिक कोर्ष बाहेक सफल व्यवसायीको अनुभवले अध्ययनमा थप सहयोग पुग्ने बताए ।
कार्यक्रममा कलेजका निर्देशक बलराम ढकाल, क्याम्पस प्रमुख यदुराज आचार्य, सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल लगायतले बोलेका थिए । त्यस अवसरमा विद्यार्थीले व्यवसाय र सफलताका बारेमा विभिन्न जिज्ञासा राखेका थिए ।
कलेजले पछिल्लो समय विभिन्न पेशा तथा व्यवसायमा सफल व्यक्ति र विद्यार्थीकाबीच अन्तरक्रिया गर्दै आएको छ । कलेजमा व्यवस्थापन संकाय तर्फ स्नातक र स्नाकोत्तर तर्फ झण्डै ६ सय विद्यार्थी अध्ययन गर्दै आएका छन् ।


सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा