पोखरा । नगर विकास कोषको सहयोग तथा नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको समन्वयमा ‘शहरी योजना: उपकरण र प्रविधिहरू’ विषयक चार दिवसीय तालिम पोखरामा सम्पन्न भएको छ।
तालिमको समापन समारोह नेपाल इन्जिनियर्स एसोसिएसन केन्द्रीय समितिका उपसभापति इन्जिनियर प्रकाश केसीको प्रमुख आतिथ्यमा भएको थियो।
प्रमुख अतिथि केसीले सहरीकरणको सन्दर्भमा व्यवस्थित बस्ती विकास, प्रविधिको प्रभावकारी उपयोग र नीति निर्माणमा इन्जिनियरहरूको भूमिकाबारे महत्वपूर्ण विचार राखे । उनले हालै नेपाल इन्जिनियर्स एसोसिएसनले नेपाल इन्भेष्टमेन्ट बैंकसँग गरिएको बिना धितो १५ लाख रुपैयाँसम्मको ऋण सुविधा तथा मेडिसिटी अस्पतालसँग गरिएको सहकार्यबारे समेत सहभागीहरूलाई जानकारी गराए ।
कार्यक्रमका अध्यक्ष इन्जिनियर सन्तोष जिसीले गण्डकी प्रदेशमा नियमित रूपमा तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी गराउँदै आउँदो साउन ३ गते मनाइने ‘नेपाल इन्जिनियर दिवस’को अवसरमा एक हप्ते विशेष कार्यक्रम आयोजना गरिने घोषणा गरे ।

विशेष अतिथिका रूपमा केन्द्रीय कोषाध्यक्ष सुमन थापा उपस्थित थिए । कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूको रूपमा केन्द्रीय सदस्यहरू इन्जिनियर प्रभुराम पोखरेल, अवित केसी, एमेन्द्र गुरुङ, पूर्व गण्डकी प्रदेश अध्यक्षहरू रमेश बास्तोला र विजेन्द्र केसी, पूर्व केन्द्रीय सदस्य रविन्द्रलाल मूल, नेपाल भ्यालुएस एसोसिएसन कास्कीका सचिव हरि अधिकारी, नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशका उपसभापति इन्जिनियर विशाल थापा, प्रदेश कोषाध्यक्ष विश्वास आचार्य तथा सदस्यहरू इन्जिनियर महेन्द्र पौडेल, इन्जिनियर मनोज गिरी, इन्जिनियर सञ्जयराज तिम्सिना, इन्जिनियर रोचक क्षेत्री र इन्जिनियर सक्षम अधिकारीको उपस्थिति रहेको थियो।
जेठ २८ देखि ३१ गतेसम्म सञ्चालन भएको तालिममा ४० जना भन्दा बढी सहभागीहरूले प्रत्यक्ष रूपमा लाभ लिएका थिए। सहभागी इ.सन्देश पराजुली र इ. प्रतीक्षा पाठकले तालिम अनुभव साझा गर्दै शहरी योजना तथा बस्ती विकासका विषयमा व्यवहारिक र ज्ञानवर्धक प्रशिक्षण पाएको उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति विशाल थापा र सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका अध्यक्ष विजेन्द्र केसीले नेपाल इन्जिनियर्स एसोसिएसनले इन्जिनियरहरूको हकहितका लागि गर्दै आएको विविध क्रियाकलापबारे प्रकाश पारे ।
कार्यक्रमको सञ्चालन इन्जिनियर निरोज लामिछानेले गरेका थिए ।
सम्बन्धित खबर
लायन्स पोखरा अभियानद्वारा मृगौला पीडितलाई आर्थिक सहायता प्रदान
आत्मनिर्भर देशका लागि युवालाई अवसर जरूरीः पौडेल
आन्तरिक श्रोतबाट उपलब्ध सुविधामा अंकुश लगाइएपछि प्राध्यापकहरू आन्दोलित
पोखरा–१२ को सार्वजनिक सुनुवाइः विकासमा प्रशंसा, सेवा प्रवाहमा गुनासा
शान्ति निकेतनमा बधाई तथा सम्मान, ४ जीपीए ल्याउने अनुपम र निश्चललाई जनही १ लाख
सफल निरमाया दोहोरी साँझको वार्षिकोत्सवमा मानव सेवा आश्रमलाई सहयोग
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा