पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा आइतबारदेखि गण्डकी प्रदेशस्तरिय ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले फेयर सुरु गरेको हो ।
कार्यक्रमको विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले उद्घाटन गरेका थिए । आइतबार सुरु भएको यो कार्यक्रम असार ७ गतेसम्म चल्नेछ । यो अवधिमा विभिन्न खेलकुद सहित रचनात्मक गतिविधिका प्रतियोगिता संचालन गरिने प्राचार्य सापकोटाले बताए ।
प्राचार्य सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि र असार ७ गते हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता हुनेछन् ।
यो अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिवल, टेवलटेनिस, ब्याडमिन्टन प्रतियोगिता हुने प्राचार्य सापकोटाले जानकारी दिए । त्यस्तै विज्ञान हाजिरी जवाफ र नेपाली वक्तृत्वकला प्रतियोगिता पनि हुनेछन । खेलकुदका गतिविधि अन्तर्गत भलिवल र बास्केटबलतर्फ छात्रका २० र छात्राका ८ टिम सहभागि छन । त्यस्तै टेवलटेनिसतर्फ ३२ वटा टिम छन् । ब्याडमिन्टनतर्फ छात्रका ३० र छात्राका १० टिम सहभागि छन् ।
‘यो खेल प्रतियोगिता मात्र होइन, एउटा फरक खालको महोत्सव पनि हो,’ प्राचार्य सापकोटाले भने, ‘यसले विभिन्न जिल्लाबाट आएका सहभागि विद्यार्थीलाई एकअर्कासँग सम्बन्ध बिस्तार गर्ने अवसर पनि दिएको छ । नयाँ साथी पहिचान गर्ने अवसर पनि यसले दिलाएको छ ।’ प्राचार्य सापकोटाका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्ला सहित लुम्बिनी प्रदेशबाट पनि सहभागि हुन आएका छन ।
‘विद्यार्थीले क्षमता देखाउने अवसर यस्तै गतिविधिबाट पाउँछन् । प्रतियोगिताले विद्यार्थीमा भएको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउन सघाउँछ,’ उनले भने । एसइइ दिएर बसेका बालबालिकालाई खेलकुद र रचनात्मक गतिविधिमा सहभागि गराउनका लागि कार्यक्रम आयोजना गरिएको उनले बताए ।
विद्यालयले अघिल्ला वर्ष पनि एसइइ दिएका विद्यार्थीका लागि यस्तै कार्यक्रम गर्दै आएको थियो । प्रतियोगितामा सहभागी सबै प्रतियोगिलाई प्रमाणपत्र र आकर्षक पुरस्कार दिइने प्राचार्य सापकोटाले बताए । उनका अनुसार विद्यालयले खुलकुद र रचनात्मक गतिविधिमा सबै प्रतियोगितामा उत्कृष्ट हुनेलाई सबैगरि २ लाख ५० हजार रुपैयाँ बराबरको पुरस्कार दिइने पनि विद्यालयले बताएको छ ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु