पोखरा बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्रमाणपत्र प्राप्त गरेको उपलक्ष्यमा खुसीयाली मनाएको छ ।
यस अवसरमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा क्याम्पसलाई सहयोग पुर्याउने व्यक्ति, संस्था, सरोकारवाला, विद्यार्थी तथा क्याम्पस परिवार सदस्यलाई लक्षित गर्दै धन्यवाद समारोह गर्यो ।
२०४४ सालमा स्थापना भएको कास्कीकै सबैभन्दा पुरानो सामुदायिक क्याम्पसले गत २१ जेठमा आयोगबाट उक्त गुणस्तरीयता प्रमाणपत्र प्राप्त गर्न सफल भएको थियो ।
शनिबार क्याम्पसले प्रभातफेरी समेत आयोजना गरेको थियो । विभिन्न समयमा क्याम्पसलाई सहयोग पुर्याउँदै आएका सामाजिक व्यक्ति, सरोेकारवाला, चन्दादाता, अक्षयकोष संस्थापक, विद्यार्थी तथा क्याम्पस परिवारसमेत करिब ५ सयजनाको सहभागितामा पञ्चेबाजासहित प्रभातफेरी गरिएको हो ।

त्यसपछि कलेजमा आयोजित समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले क्याम्पसलाइ एक गुणस्तरीय शैक्षिक संस्थाका रुपमा उभ्याउन कलेजले गरेका संघर्ष र एक सामाजिक व्यक्तिका हैषियतले आफूँ पनि सहभागी भएका क्षण स्मरण गरे । उनले क्याम्पसको यस गुणस्तरलाई ढलपलाउन नदिन आगामी दिनमा हरदम सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
भागवत्भाष्कर पं. कमलनयन गौतमले सामुदायिक क्याम्पसमा विद्यार्थीको अभावबीच विद्यार्थीको पहिलो रोजाइ बनाउन सबै मिलेर लागि पर्नुपर्ने बताए ।
क्याम्पस संस्थापक सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले विद्यार्थी तथा नयाँ युगका युवापुस्ताको चाहना र बजार मागअनुरुपका शैक्षिक कार्यक्रम संचालन गरी गुणस्तरीयता कायम राख्न सुझाव दिए ।
क्याम्पस संचालन समिति अध्यक्ष नरेन्द्रमान लालचनले विद्यार्थी, कर्मचारी, शिक्षक लगायत समुदाय र सरोकारवालाको प्रेरणा र हौसलाप्रति आफू सदैव ऋणी रहने बताए ।
क्याम्पस प्रमुख शिशुकला पराजुलीले क्याम्पसले प्राप्त गरेको हौसला जतन गर्दै सम्पूर्ण अभिभावकको क्याम्पसप्रतिको आशा–भरोसा सदैव सम्बोधन गर्ने प्रतिवद्धता जनाइन् ।

कार्यक्रममा क्याम्पस संचालन समिति उपाध्यक्ष बद्री श्रेष्ठ, क्याम्पस गुणस्तर सुनिश्ति समिति संयोजक महेन्द्र रिमाल, त्रिवि पिआरटी टिमका सदस्य तथा क्याम्पस संचालक समिति सदस्य तेजनारायण अधिकारी, क्याम्पसका पूर्व विद्यार्थी प्रिती पाण्डे, अक्षयकोषदाता गोविन्द शेरचन, क्याम्पस प्राध्यापक संघका अध्यक्ष भीमप्रसाद न्यौपाने, क्याम्पस भूपू विद्यार्थी मञ्चका अध्यक्ष सूर्यबहादुर थापा, क्याम्पसका विद्यार्थीहरुको समूह नेचर क्लबका अध्यक्ष गणेश रामदाम लगायतले बोलेका थिए ।
स्नातक तह चौथो बर्षमा अध्ययनरत बिद्यार्थीहरुलाई बिदाई पनि गरिएको थियो ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु