पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आज बजेट ल्याउँदै छ । प्रदेशले ल्याउने यो नवौं बजेट हो ।
आर्थिक मामिलामन्त्री टकराज गुरुङले दिउँसो ४ बजे प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम भएपनि केही ढिला भएको छ ।
आगामी आर्थिक वर्षका लागि साढे ३२ अर्ब आसपासको बजेट प्रस्तुत गर्ने तयारी छ । सरकारले चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
प्रदेश सरकारलाई आगामी आर्थिक वर्षका लागि २९ अर्ब ५० करोड बराबरको बजेट ल्याउन प्रदेश स्रोत अनुमान समितिले सिफारिस गरेको थियो । सुरुमा ३० अर्ब आसपासको बजेट ल्याउने तयारी गरेको सरकारले योजनाको चाप बढेपछि २ अर्बका कार्यक्रम थपेको हो ।
प्रदेश सरकारले भौतिक पूर्वाधारतर्फ ५० लाख, ऊर्जा जलस्रोततर्फ १० लाख, सामाजिक, पर्यटन र वन मन्त्रालयतर्फ ५–५ लाख रुपैयाँभन्दा कमका योजनामा बजेट नहाल्ने सिलिङ बनाएको छ ।
गण्डकमा सत्तापक्ष र प्रतिपक्ष सांसदका योजनालाई वार्षिक विकास कार्यक्रममा समावेश गर्ने गरी छुट्टाछुट्टै बजेट ‘सिलिङ’ दिइएको छ । प्रत्यक्षलाई १० लाखदेखि २ करोड ५० लाख रुपैयासम्मको ‘सिलिङ’ मन्त्रालयले दिएका छन् । समानुपातिक सांसदलाई त्यसको आधा–आधा ‘सिलिङ’ तोकिएको छ ।
गण्डकीमा प्रत्यक्ष निर्वाचित सांसदले करिब ४ करोड २० लाख र समानुपातिकले करिब २ करोड ३५ लाख रुपैयाँ बराबरको आयोजना पाउनेछन् । गण्डकीमा ३६ प्रत्यक्ष र २४ समानुपातिक सांसद छन् । मनाङबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) कारागार रहेकाले उनको पद निलम्बनमा छ ।
आगामी आर्थिक वर्षका निम्ति गण्डकी सरकारले संघीय सरकारबाट विभिन्न शीर्षकअन्तर्गत १२ अर्ब २३ करोड ३६ लाख रुपैयाँ प्राप्त गर्दैछ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन