गण्डकी प्रदेशको बजेट आज, ३२ अर्ब ५० करोड हाराहारीमा बजेट प्रस्तुत हुँदै

बजेट

गण्डकी प्रदेशको बजेट आज, ३२ अर्ब ५० करोड हाराहारीमा बजेट प्रस्तुत हुँदै

budget gandaki

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आज बजेट ल्याउँदै छ । प्रदेशले ल्याउने यो नवौं बजेट हो ।

आर्थिक मामिलामन्त्री टकराज गुरुङले दिउँसो ४ बजे प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम भएपनि केही ढिला भएको छ ।

आगामी आर्थिक वर्षका लागि साढे ३२ अर्ब आसपासको बजेट प्रस्तुत गर्ने तयारी छ । सरकारले चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

प्रदेश सरकारलाई आगामी आर्थिक वर्षका लागि २९ अर्ब ५० करोड बराबरको बजेट ल्याउन प्रदेश स्रोत अनुमान समितिले सिफारिस गरेको थियो । सुरुमा ३० अर्ब आसपासको बजेट ल्याउने तयारी गरेको सरकारले योजनाको चाप बढेपछि २ अर्बका कार्यक्रम थपेको हो ।

प्रदेश सरकारले भौतिक पूर्वाधारतर्फ ५० लाख, ऊर्जा जलस्रोततर्फ १० लाख, सामाजिक, पर्यटन र वन मन्त्रालयतर्फ ५–५ लाख रुपैयाँभन्दा कमका योजनामा बजेट नहाल्ने सिलिङ बनाएको छ ।

गण्डकमा सत्तापक्ष र प्रतिपक्ष सांसदका योजनालाई वार्षिक विकास कार्यक्रममा समावेश गर्ने गरी छुट्टाछुट्टै बजेट ‘सिलिङ’ दिइएको छ । प्रत्यक्षलाई १० लाखदेखि २ करोड ५० लाख रुपैयासम्मको ‘सिलिङ’ मन्त्रालयले दिएका छन् । समानुपातिक सांसदलाई त्यसको आधा–आधा ‘सिलिङ’ तोकिएको छ ।

गण्डकीमा प्रत्यक्ष निर्वाचित सांसदले करिब ४ करोड २० लाख र समानुपातिकले करिब २ करोड ३५ लाख रुपैयाँ बराबरको आयोजना पाउनेछन् । गण्डकीमा ३६ प्रत्यक्ष र २४ समानुपातिक सांसद छन् । मनाङबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) कारागार रहेकाले उनको पद निलम्बनमा छ  ।

आगामी आर्थिक वर्षका निम्ति गण्डकी सरकारले संघीय सरकारबाट विभिन्न शीर्षकअन्तर्गत १२ अर्ब २३ करोड ३६ लाख रुपैयाँ प्राप्त गर्दैछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ