काठमाडौं । काठमाडौं प्रहरीले लागू औषधसहित दुईजना मानिस र भारतीय नम्बरको गाडी नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका २ घर भई काठमाडौं महानगरपालिका १४ बल्खु बस्ने २६ वर्षीय राजु मिजार र २४ वर्षीया मीना मगर रहेका प्रहरीले जनाएको छ ।
शुक्रबार काठमाडौं महानगरपालिका १४ कुलेश्वर स्थित फलफूलबजार नजिकै शङ्कास्पद अवस्थामा रोकी राखेको UP७८CB९८३५ नम्बर प्लेट भएको भारतीय SANTRO कारलाई चेकजाँच गर्ने क्रममा गाडीको ढोकामा र डिक्कीमा खालि सिलिन्डर भित्र लुकाइ छिपाइ राखिएको अवस्थामा लागुऔषध फेला पारेको हो ।
प्रहरीले उनीहरुको साथबाट ट्रमाडोल ८२९० फायल गरी जम्मा ८२ हजार ९०० क्याप्सुल, विभिन्न कम्पनीको मोबाइल २ थान, अक्सिजन सिलिन्डर १ थान, UP७८CB९८३५नम्बर प्लेट भएको भारतीय SANTRO कार १ थान र नगद ६५ हजार रुपैयाँसमेत बरामद गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका राजु मिजार विरुद्ध यसअघि पनि २ पटकसम्म लागु औषध कसुरमा मुद्दा चलेको अभिलेखबाट देखिएको छ ।
पक्राउ परेका उनीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतबाट ११ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह