अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा प्रयोग भएका जेसिबी र ट्याक्टर नियन्त्रणमा

अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा प्रयोग भएका जेसिबी र ट्याक्टर नियन्त्रणमा

sawarisadhan niyantran lampata

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा प्रयोग भएका जेसिबीलगायतका सवारीसाधनहरु प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका – १३ तोरीखोला, लाम्पाटामा सोमबार एउटा जेसिबी र एउटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।

ग १ क ३३११ नम्बरको जेसिबी र ग १ त ६६७१ नम्बरको ट्याक्टर प्रयोग गरेर अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको प्रवक्ता चौधरीले जानकारी दिए ।

नियन्त्रण गरिएका सवारीसाधनहरु आवश्यक कारबाहीको लागि पुतलीबजार नगरपालिकाको कार्यालयमा बुझाइएको स्याङ्जा प्रहरीले जनाएको छ । नदीजन्य स्रोतहरुको अवैध दोहनका घटना बढ्दै गएपछि निगरानी समेत बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ