कास्कीको खिलाङ र तप्राङमा पहिरोः २ भैंसी मरे, ६ घरमा क्षति

पहिरो

कास्कीको खिलाङ र तप्राङमा पहिरोः २ भैंसी मरे, ६ घरमा क्षति

Taprang

कास्कीको मादी गाउँपालिकामा पहिरोले ६ वटा घरमा क्षति पुगेको छ । गएराति अविरल वर्षापछि खसेको पहिरोले मादी-१ खिलाङमा दुई र मादी-६ तप्राङमा चारवटा घरमा क्षति पुगेको हो ।

खिलाङमा घरमाथिबाट खसेको पहिरोले दुई घर सामान्य क्षति भएको र दुई वटा भैंसी पुरिएर मरेको मादी-१ का वडाध्यक्ष देवीजंग गुरुङले बताए ।

मादी-६ भेडीखर्कमा ३ वटा र सयपत्री टोलमा चार वटा घरमा क्षति पुगेको मादी-६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले जानकारी दिए ।

भेडीखर्कका स्थानीय वीरबहादुर रानाको दुई वटा, सोही ठाउँका सन्तबहादुर राना र सयपत्री टोलका सूर्यबहादुर मगरको घरमा क्षति पुगेको हो ।

`घटनामा मानवीय क्षति भएको छैन । चार वटै घरमा बस्न मिल्ने अवस्था छैन,’ उनले भने, ‘कुनैको जगबाटै गएको छ, कुनै पुरिएको छ ।’

पहिरो पन्छाउने काम बिहानैदेखि जारी रहेको उनले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds