लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने चारजना चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले संयुक्त रुपमा पुतलीबजार नगरपालिका -१ बसपार्कस्थित सिद्धार्थ राजमार्गमा चेकिङको क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
सडक दुर्घटना न्यूनीकरण एवं यात्रालाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले “ला.प.से. चेकिङ अभियान” अन्तर्गत गरिएको चेकजाँचमा लापसे गरी सवारीसाधन चलाउनेलाई पक्राउ गरिएको स्याङ्जा प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।
टीएचसी (टेट्राहाइड्रोकैनाबिनोल) टेस्ट कीट (युरिन) द्वारा लापसे गरे/नगरेको चेकजाँच गर्दा २४ जना निजी तथा सार्वजनिक सवारीसाधन चालकमध्ये चारजना चालकले लापसे (गाँजा सेवन) गरी सवारीसाधन चलाएको पाइएकोले नियन्त्रणमा लिइएको प्रवक्ता चौधरीले बताए ।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नं. -२७ का २५ वर्षीय इभि भ्यान चालक विजय राना मगर, चितवन कालिका नगरपालिका वडा नं. -८ का २३ वर्षीय जिप चालक सुदिप पुलामी मगर, चितवन ईच्छाकामना गाउँपालिका वडा नं. -६ का २२ वर्षीय जिप चालक सन्दिप गुरुङ र स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. -७ का २३ वर्षीय इभि चालक संगम थापा रहेको प्रवक्ता चौधरीले बताए ।
प्रवक्ता चौधरीले लापसे गरी सवारीसाधन चलाउने चालकहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडी बढाइएको बताए ।
यसअघि पनि पटकपटक प्रहरीले लापसे गरी सवारीसाधन चलाउने चालकहरुलाई पक्राउ गर्दैआएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा