पोखरा । ‘घुमौ पूर्व’ कार्यक्रम लिएर पोखरा आएका कोशीका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच अन्तरक्रिया सम्पन्न भएको छ ।
कोशी प्रदेश पर्यटन वर्ष–२०८२ लाई सफल बनाउने उद्देश्यले होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीद्धारा आयोजित प्रवद्र्धनात्मक कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले कोशी र गण्डकी प्रदेश पर्यटकीय दृष्टिकोणले समृद्ध रहेको बताए ।
उनले यस्ता कार्यक्रमले अन्तरप्रदेशीय पर्यटकीय सम्भावनाको खोजी र विद्यमान गन्तव्यको प्रचारमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । नेपाल पर्यटन बोर्डको मुख्य उद्देश्य देशका सबै प्रदेशको पर्यटकीय सम्भावना उजागर गरी नेपाललाई दिगो र समावेशी पर्यटन गन्तव्यका रूपमा विकास गर्नु रहेको उनको भनाइ थियो ।
होटल संघका केन्द्रीय उपाध्यक्ष देवी गौतम रविनले पूर्वका प्रमुख गन्तव्यहरूको जानकारी दिँदै दुवै प्रदेशले सहकार्य र समन्वय गरी पर्यटकीय प्याकेज बनाएमा पर्यटनबाट लाभ लिन सकिने बताए । कार्यक्रममा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल गण्डकीका अध्यक्ष कृष्ण आचार्यले गण्डकीका पर्यटकीय गन्तव्य, पदयात्रा, र कनेक्टिभिटीबारे जानकारी दिँदै व्यावसायिक एकताले दिगो पर्यटनमा सहयोग पुर्याउने धारणा राखेका थिए ।
होटल संघ गण्डकीका अध्यक्ष तेजबहादुर पुरीले यस्ता कार्यक्रमले पर्यटकीय गन्तव्यको पहिचान र नवीन दृष्टिकोण निर्माणमा सहयोग पुर्याउने बताए । प्रवद्धनात्मक सम्बन्धि पाँच दिने कार्यक्रममा चितवन र पोखराका पर्यटन व्यवसायीबीच अन्तरक्रिया र व्यावसायिक सम्बन्ध विस्तार गरेको जानकारी दिए ।
कोशी र गण्डकी प्रदेशका होटल व्यवसायी, पर्यटनसम्बन्धी संघ–संस्थाका प्रतिनिधि, सरकारी अधिकारी, र सरोकारवाला निकायको उपस्थिति रहेको कार्यक्रममापर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा रहेको संघका महासचिव कृष्ण पराजुलीले जानकारी दिए ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?