पोखरामा सुन तथा हिराका अवैध गरगहना सहित दुई जना पक्राउ परेका छन्।
करिब १ करोड ३० लाख रुपैयाँ बराबरको गरगहनासहित उनीहरु पक्राउ परेका हुन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
प्रहरीका अनुसार शुक्रबार गोप्य सूचनाको आधारमा पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबसमा चेकजाँच गर्दा भारतको अमृतसर निवासी ४९ वर्षीय कुलदिप सिंह र तिलोत्तमा–१६, रुपन्देहीका ४७ वर्षीय राम बहादुर बि.क. पक्राउ परेका हुन्।
उनीहरूबाट ९५७.९८ ग्राम सुन तथा हिराका विभिन्न गरगहना बरामद गरिएको छ। कास्की सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघले गरेकाे मुल्यांकन अनुसार निजहरुबाट सुनको ढिक्का, सिक्री, दाना माला, हिरा जडित औंठी, झुम्का, मंगलसुत्र, लकेट, पोतेलगायत गरगहनाको बजार मूल्य करिब १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ रहेको जनाएको छ।
कार्यालय प्रमुख एसपी श्याम बाबु ओलियाका अनुसार कुलदिप र राम बहादुर तीन वर्षदेखि फेसबुकमार्फत सम्पर्कमा रही सुन कारोबारमा संलग्न थिए। कुलदिपले भारतको अमृतसरस्थित अमरजित साहुको पसलबाट गरगहना ल्याउने र नेपालमा बिक्री गर्ने योजना अनुरूप असार ४ गते पोखरा आएको खुलेको छ।
सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?