पोखरा । विश्व संगीत दिवसलाई जोजिजू म्यूजिक सेन्टरले सांगीतिक एवं सांस्कृतिक कार्यक्रमसहित मनाएको छ । संस्थाले गीतारवादक अमीत गुरुङलाई सम्मानसमेत गर्यो ।
सेन्टरका प्रबन्ध निर्देशक बिनित जोजिजूले विगतमा पोखरास्थित विभिन्न संघसंस्था मिलेर संयुक्तरुपमा दिवस मनाउने प्रचलन रहेकोमा यसपालि सामूहिक कार्यक्रम नभए पनि आफूहरुले पहल गरेको बताए ।
पोखराको सिम्पानी निवासी गीतारवादक गुरुङ दुई दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा क्रियाशील छन् ।
प्रमुख अतिथि कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले उनलाई दोसल्ला, माला र सहित सम्मानपत्र प्रदान गरे । सो अवसरमा श्रेष्ठले पोखरामा विश्व संगीत दिवसमा विगतमा हुने गरेका कार्यक्रमको चर्चा गर्दै यसको महत्वमाथि प्रकाश पारे ।
उनले पोखरा महानगरपालिकाले विश्व संगीत दिवस अवसरमा पोखराको चिनारी फैलाउनेखालको सांगीतिक कार्यक्रम गर्न सुझाव दिए । त्यसका लागि यहाँको पुराना ब्याण्डहरुलाई एकै स्टेजमा उभ्याउन सकिने भन्दै कार्यक्रममा उपस्थित पोखरा–११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यमार्फत महानगरमा यो योजना अघि सार्न अनुरोध पनि गरे ।
सो अवसरमा वडाध्यक्ष कर्मचार्य, पोखरा सांगीतिक कलाकार संघका पूर्व अध्यक्ष सुनिल थापा, पोखरा प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति पद्मराज ढकाल लगायत बोलेका थिए । कार्यक्रम संचालन पोखरा सांगीतिक कलाकार संघका सचिव एमडि काफ्ले र कार्यक्रम संयोजक सानु जोजिजुले संयुक्तरुपमा गरेका थिए । कार्यक्रम संस्थाका प्रबन्ध निर्देशक बिनित जोजिजूको अध्यक्षतामा भएको हो ।
सो अवसरमा शास्त्रीय, भक्ति संगीत, सुगम, आधुनिक, लोकसंगीतका साथै सांगीतिक धून, लाइभ ब्याण्ड प्रस्तुत गरिएको थियो ।
यस्तै, विभिन्न नेवारी डान्स, लोक आधुनिक नृत्यसमेत प्रस्तुत हुँदा दर्शक रमाएका थिए ।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो