तनहुँ — देवघाट गाउँपालिका–५ बद्रीमुक्तिका ३२ वर्षीय प्रकाश पौडेलको हत्या अभियोगमा फरार रहेका एक जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी बर्दिबास नगरपालिका–१ बस्ने ४६ वर्षीय लोकबहादुर महतलाई प्रहरीले पक्राउ गरेको हो । फरार रहेका महतलाई चितवनको भरतपुर महानगरपालिका–१ स्थित रोटरी क्लबले सञ्चालन गरेको वृद्धाश्रममा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विकले जानकारी दिए ।
यसअघि उक्त घटनामा संलग्न रहेको अभियोगमा पाल्पाको तानसेन नगरपालिका–८ नयाँपाटी बस्ने २८ वर्षीय बुद्धि सारु मगर र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ हटिया बस्ने ४२ वर्षीय राम लामा पक्राउ परिसकेका छन् ।
बिहीबार बिहान पौडेल घरदेखि अन्दाजी तीन सय मिटरको दूरीमा रहेको कच्ची सडकमा लडिरहेको अवस्थामा स्थानीयबासीले भेटेका थिए । उनलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल चितवन लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको नेतृत्वमा पुगेको टोलीले सूक्ष्म रूपमा अनुसन्धान गर्दा उनीहरू मादक पदार्थ सेवन गरी झैझगडा गरेको खुल्न आएको छ । पक्राउ परेका तीन जनाले पौडेललाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन