साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको हो।
परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ। अघिल्लो कारोबार दिन ११ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको बजारमा आज ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ। यस दिन ३१० कम्पनीका २ करोड १५ लाख ४७ हजार कित्ता सेयर ८७ हजार ३०२ पटक खरिदबिक्री भएका छन्।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ५.३८ अंक, फ्लोट इण्डेक्स २.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंकले घटेको छ।
आइतबार कारोबारमा आएका सबै १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन्। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशतले घटेको छ।
त्यसैगरी, जलविद्युत उपसमूहमा साढे २ प्रतिशतभन्दा बढीको गिरावट आउँदा वित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले घटेका छन्।
समग्र बजार घटेपनि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ।
कम्पनीको सेयरमूल्य ३१ रुपैयाँ ६२ पैसाले बढेर ३४८ रुपैयाँ ६० पैसा पुगेको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य पनि साढे ५ प्रतिशतभन्दा बढीले बढेको छ। यता, पियोर इनर्जीको सेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज दोर्दी खोला जलविद्युत कम्पनीले शीर्ष स्थान ओगटेको छ। कम्पनीको ७५ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
त्यसैगरी, बुटवल पावर कम्पनीको साढे ७४ करोड र राधी विद्युत कम्पनीको साढे ४९ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।
सम्बन्धित खबर
नेप्से ५३ अंकले बढ्दा परिसूचक २८ सय माथि, पौने आठ अर्बको कारोबार
तीन हजार विन्दु उन्मुख नेप्से, बिहीबार कारोबार रकम भने घट्यो
नेप्सेमा उच्च अङ्कको गिरावट, २६ सय विन्दुबाट तल ओर्लियो
दशैं बिदापछिको पहिरो कारोबार दिन ३१ अंकले बढ्यो नेप्से
आज ११४ अंकले बढ्यो नेप्से
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’