दशैं बिदापछिको पहिरो कारोबार दिन ३१ अंकले बढ्यो नेप्से

शेयर बजार

दशैं बिदापछिको पहिरो कारोबार दिन ३१ अंकले बढ्यो नेप्से

share market

काठमाडौं । दशैं बिदापछिको पहिरो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।

नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ५.९० अंकले बढेर बन्द भएको छ। यसदिन ३०७ स्क्रिप्सको ६५ हजार १७ हजार २६७ कित्ता सेयर ३ अर्ब ६ करोड २३ लाख ३७ हजार ७९९ रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले बढेको बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। जानकी फाइनान्स र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।

यसैगरी मल्टीप्रपोज फाइनान्सको ९.३२,समृद्धि फाइनान्सको ६.८४ र एनआईबी समृद्धि फण्ड (२ को सेयर ६.७४ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा गुडविल फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १८ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसदिन मनु एण्ड प्रो समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्।

नेपाल फाइनान्सको ११ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्स र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १०र१० करोड बराबरको सेयर कारोबार भयो। फाइनान्स समूहको उपसूचक सर्वाधिक ४.६१ प्रतिशतले बढ्यो। कारोबारमा आएका २०५ स्टक्सको मूल्य बढ्दा ३२ वटाको घट्यो। बाँकी ६ स्टक्सको मूल्य भने स्थिर रह्यो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds