काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार उत्साहजनक वृद्धि देखिएको छ । आज सेयर बजार परिसूचक ५३.०१ अङ्कले बढेर २८१९.१० विन्दुमा पुगेको छ। यो २.०४ प्रतिशतको वृद्धि हो ।
आज बजारमा कुल ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । यस अवधिमा कुल १ करोड ४९ लाख ८६ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् ।
बजारमा आज २३२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १९ कम्पनीको मूल्य घटेको छ। कुनै पनि कम्पनीको सेयर मूल्य अपरिवर्तित रहेन ।
आजका प्रमुख कमाउने कम्पनीहरूमा विकास हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर ५१७.२० पुगेको छ। त्यसैगरी, समता घरेलु लघुवित्तको ९.३६ प्रतिशतले वृद्धि भई ९५७.९८ रुपैयाँ पुगेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स कम्पनी अगाडि रह्यो । उक्त कम्पनीले सर्वाधिक ६५ करोड ४२ लाख ७४ हजार २५५ रुपैयाँ ७० पैसाको कारोबार गरेको छ ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीले ५० करोड ५२ लाख ७६ हजार २७७ रुपैयाँ, ग्रीन भेञ्चरले ले ४६ करोड ५३ लाख ७९ हजार ४०७ रुपैयाँको कारोबार गरेको छ ।
बजारमा आज सबै समूहमा हरियाली हुँदा सबैभन्दा धेरै ३.४० अङ्कको वृद्धि देखिएको छ । इन्भेष्टमेन्ट, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र ट्रेडिङ समूहमा पनि २ प्रतिशत माथिको वृद्धि रहेको छ ।
बजारको वृद्धिका बाबजुद सिटिजन्स र कुमारी बैंकको डिवेञ्चरको मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको छ ।
सम्बन्धित खबर
अब आइतबार सट्टा शुक्रबार सेयर बजार खुल्ने
नेप्से ५३ अंकले बढ्दा परिसूचक २८ सय माथि, पौने आठ अर्बको कारोबार
तीन हजार विन्दु उन्मुख नेप्से, बिहीबार कारोबार रकम भने घट्यो
नेप्सेमा उच्च अङ्कको गिरावट, २६ सय विन्दुबाट तल ओर्लियो
दशैं बिदापछिको पहिरो कारोबार दिन ३१ अंकले बढ्यो नेप्से
आज ११४ अंकले बढ्यो नेप्से
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’