पोखरा महानगरले ल्यायो ८ अर्ब ३५ करोडको बजेट

पोखरा महानगरले ल्यायो ८ अर्ब ३५ करोडको बजेट

एकै दिन नीति तथा कार्यक्रम र बजेट

upamayor manju

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार सम्पन्न १७ औं नगरसभामा पोखराका उपप्रमुख मन्जुदेवी गुरुङले बजेट सार्वजनिक गरेकी हुन्।

चालू वर्ष भन्दा आगामी आर्थिक वर्षका लागि बजेटमा वृद्धि गरिएको छ । चालू वर्षका लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट महानगरले ल्याएको हो ।

उपप्रमुख गुरुङका अनुसार प्रस्तुत बजेटमा नगर कार्यपालिकाको कार्यालयका लागि ५५ करोड, सामाजिक विकासतर्फ ३८ करोड, आर्थिक विकासका लागि १८ करोड, वडा कार्यालयहरूका लागि १ अर्ब, पूर्वाधार विकासतर्फ २ अर्ब ३३ करोड, र शहरी विकास, पर्यटन, वन तथा वातावरणतर्फ ३८ करोड रुपैयाँ विनियोजन गरिएको छ।

बजेटका स्रोतहरू

महानगरपालिकाले खर्च व्यहोर्ने मुख्य स्रोतहरूमा संघीय सरकारबाट प्राप्त अनुदान ३ अर्ब १ करोड ८१ लाख (३६.१३ प्रतिशत) रहनेछ भने आन्तरिक आयबाट ५ अर्ब २३ करोड ३१ लाख (६३.८७ प्रतिशत) जुटाउने योजना रहेको उपप्रमुख गुरुङले जानकारी दिइन्।

गत आर्थिक वर्षमा ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो। तर, उपमेयर गुरुङका अनुसार जेठ मसान्तसम्ममा जम्मा ५५.४३ प्रतिशत मात्र खर्च भएको छ।

नीति तथा कार्यक्रम पनि सार्वजनिक

बजेट प्रस्तुत गर्नुअघि आइतबारै पोखराका मेयर धनराज आचार्यले आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ।

एकै दिन हतार हतारमा नीति तथा कार्यक्रम ल्याएकै दिन बजेट सार्वजनिक गरेको हो । गत वर्ष असार ९ गते नीति तथा कार्यक्रम र असार १० गते बजेट ल्याएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ