पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार सम्पन्न १७ औं नगरसभामा पोखराका उपप्रमुख मन्जुदेवी गुरुङले बजेट सार्वजनिक गरेकी हुन्।
चालू वर्ष भन्दा आगामी आर्थिक वर्षका लागि बजेटमा वृद्धि गरिएको छ । चालू वर्षका लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट महानगरले ल्याएको हो ।
उपप्रमुख गुरुङका अनुसार प्रस्तुत बजेटमा नगर कार्यपालिकाको कार्यालयका लागि ५५ करोड, सामाजिक विकासतर्फ ३८ करोड, आर्थिक विकासका लागि १८ करोड, वडा कार्यालयहरूका लागि १ अर्ब, पूर्वाधार विकासतर्फ २ अर्ब ३३ करोड, र शहरी विकास, पर्यटन, वन तथा वातावरणतर्फ ३८ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेटका स्रोतहरू
महानगरपालिकाले खर्च व्यहोर्ने मुख्य स्रोतहरूमा संघीय सरकारबाट प्राप्त अनुदान ३ अर्ब १ करोड ८१ लाख (३६.१३ प्रतिशत) रहनेछ भने आन्तरिक आयबाट ५ अर्ब २३ करोड ३१ लाख (६३.८७ प्रतिशत) जुटाउने योजना रहेको उपप्रमुख गुरुङले जानकारी दिइन्।
गत आर्थिक वर्षमा ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो। तर, उपमेयर गुरुङका अनुसार जेठ मसान्तसम्ममा जम्मा ५५.४३ प्रतिशत मात्र खर्च भएको छ।
नीति तथा कार्यक्रम पनि सार्वजनिक
बजेट प्रस्तुत गर्नुअघि आइतबारै पोखराका मेयर धनराज आचार्यले आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ।
एकै दिन हतार हतारमा नीति तथा कार्यक्रम ल्याएकै दिन बजेट सार्वजनिक गरेको हो । गत वर्ष असार ९ गते नीति तथा कार्यक्रम र असार १० गते बजेट ल्याएको थियो ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा