पोखरा ३ नदिपुरमा रहेको पोखरा कलेज अफ म्यानेजमेन्ट (पीसीएम) ले वार्षिक कार्यतालिका अनुरूप सञ्चालन गरेको एक साता लामो कार्यक्रम अन्तर्गत रोजगार तथा इन्टर्नशीप मेला सम्पन्न भएको छ ।
उक्त मेलामा बैंक, उत्पादन, सूचना तथा प्रविधि, व्यापार जस्ता विभिन्न क्षेत्रका २० प्रतिष्ठित संस्थाहरूको सहभागिता रहेको थियो । बीबीए र बीसीएसआईटी अध्ययनरत करिब २ सय जना विद्यार्थीहरूले मेलाबाट प्रत्यक्ष लाभ उठाएको कलेजले विश्वास व्यक्त गरेको छ ।

मेलाको प्रमुख आकर्षणहरूमा सीभी प्रस्तुति, अन्तर्वार्ता, करियर परामर्श लगायत रहेका थिए । क्याम्पस प्रमुख लीना नेगी श्रेष्ठले यस्ता मेलाहरूले कलेज, विद्यार्थी र सम्बन्धित संस्थाबीचको सम्बन्ध मजबुत बनाई विद्यार्थीले प्राप्त गरेको ज्ञानलाई व्यवहारमा उतार्न र करियर निर्माणमा सहयोग पुग्ने बताइन् ।

कलेजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत डेमो प्रेस मिट यसअघि नै सम्पन्न भइसकेको छ भने आगामी ११ असारमा कलेज प्राङ्गणमा पीसीएम फेस्ट २०२५ आयोजना हुने जानकारी दिएको छ।
फेष्टमा विद्यार्थीहरूले विभिन्न प्रतिभा प्रदर्शन गर्नेछन् भने राष्ट्रिय चर्चित रकहेड्स ब्याण्डको प्रस्तुति पनि रहनेछ।
त्यसैगरी सप्ताहन्तमा आइडिया स्पीच प्रतियोगिता पनि आयोजना गरिने छ। सन् २००२ मा स्थापना भएको पोखरा कलेज अफ म्यानेजमेन्ट पोखरा विश्वविद्यालयसँग सम्बद्धन लिएर बीबीए, बीबीए फाइनान्स तथा बीसीएसआईटी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
सम्बन्धित खबर
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?