म्याग्दी । आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ हिस्तान टिकोटमा तरकारीको पकेट विकास कार्यक्रम सुरु भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गाउँपालिकाले टिकोटको हरिमूल कृषि तथा पशुपक्षी कृषक समूहमार्फत पकेट कार्यक्रम सञ्चालन गरेको हो ।
गाउँपालिकाका कृषि अधिकृत श्यामशरण कुर्मीले २० जना आबद्ध समूहमार्फत १ सय ४० रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भएको जानकारी दिए ।
‘समूहमा आबद्ध नभएका कृषकलाई पनि समेटेर बन्दा, काउली, काँक्रो, करेलालगायत तरकारी खेती भएको छ,’ उनले भने, ‘पकेट कार्यक्रममार्फत कृषकलाई अनुदानमा बीउ, कृषि औजार र प्रविधि सहयोग गरेका छौं ।’
गाउँपालिकाको ११ लाख ९९ हजार ३२२ र कृषकको ८ लाख ५४ हजार ८ सय ९८ गरी कुल २० लाख ५४ हजार २ सय २१ को लागतमा यस वर्ष विभिन्न कार्यक्रम भएको छ । कृषकले सिँचाइ सामग्रीमा ८५ प्रतिशत र अन्यमा ५० प्रतिशत अनुदान पाएका छन् ।
८ वटा प्लास्टिक घर निर्माण, ४ मिनिटेलर हलो, ५ तराजु, १ हजार लिटर क्षमताको १३ वटा सिँचाइ ड्रम, २ हजार ४ सय मिटर पाइप, २५ ५ लिटर क्षमताको हजारी, १६ लिटर क्षमताको १३ वटा स्प्रेयर, २ सय वटा क्रेट, ९ वटा थोपा सिँचाइ सेट, १ सय ४० थान स्पिंकल, ९८ किलोग्राम लुज पाइप र १ सय वटा सिड ट्रे वितरण गरिएको छ ।
१ लाख ३५ हजारको बीउ, १ लाखको सुष्म तत्व र जैविक मल, १ लाखको विषादी तथा ३० हजार बराबरको २ सय किलोग्राम पिटमस वितरण गर्नाका साथै ३ दिने तरकारी खेतीसम्बन्धी तालिम सञ्चालन भएको थियो । उच्च पहाडी भूगोलको चिसो हावापानीमा तरकारी खेती राम्रो हुने भएकाले पकेट क्षेत्र स्थापना गरिएको हरिमूल कृषि समूहका अध्यक्ष थमबहादुर पुर्जाले बताए ।
टिकोटका कृषकले उत्पादन गरेको तरकारी बेनी, जोमसोम, पोखरा, बागलुङ लगायतका ठाउँमा बिक्री हुने गर्छ । २ वर्षसम्म सञ्चालन हुने कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा ६ लाख बजेट प्रस्ताव गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताए । रासस
सम्बन्धित खबर
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
आलु महोत्सवको तयारी अन्तिम चरणमा
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र
बहिरा समुदायका लागि स्याङ्जामा कृषि तालिम, आत्मनिर्भर बन्ने अपेक्षा
वालिङको सामुदायिक विद्यालयले सुरु गर्यो केराखेती
आँधीखोला किनारमा तर्बुजा खेतीको परीक्षण, भीरकोटको नयाँ कृषि प्रयोग
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती