पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ लामपाटन मार्गस्थित अभियान महिला समुहले आफना सदस्यहरुको लागि आयोजना गरेको हर्पिक, फिनेल र झोल साबुन बनाउने तालिम सम्पन्न गरेको छ ।
आफनो समूहमा आबद्ध सदस्यहरुलाई स्वरोजगार बनाउने उदेश्य सहित सिप सिकै र आत्मनिर्भर बनौ भन्ने नारा सहित पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयको सहयोगमा आईतबारदेखि सुरु दुर्ई दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा समुहमा आवद्ध ४० जना सदस्यहरुको सहभागिता रहेको समुहकी अध्यक्ष सरस्वती रिमालले जानकारी दिईन । तालिम पछि सिकेका कुराहरु व्यवहारमा उत्तार्ने गरि आफुहरुले काम गर्ने रिमालले बताईन । तालिममा सहभागीहरुलाई लक्ष्मी पौडेलले सहजीकरण गरेकी थिईन् ।
तालिम समापन गदै पोखरा १ का वडा अध्यक्ष सहारा प्रधानले वडाले पहिलोपटक यो तालिम संचालन गरेको बताए । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरेका थिए । वडामा यो नयाँ तालिम रहेकाले तालिम पछि यस्लाई व्यापारीक प्रयोजनका लागि उत्पादन गरि ब्यवसायी सगै आत्मनिर्भर बन्न सहभागीहरुलाई आग्रह गरेका थिए ।
वडा सदस्य शोभा गुरुङले तालिम पछि अव आफैले हर्पिक, फिनेल र झोल साबुन उत्पादन गरि बेच्न आग्रह गरेकी थिईन । यी दैनिक आवश्यकताकाका समग्री रहेकाले यस्को बजार समेत राम्रो रहेको भनाई उनको थियो ।
समापन समारोहमा सहभागीका तर्फबाट नीता पोखरेल र निर्मला तिवारीले आफनो दैनिक जिवनमा उत्पादन हुने बस्तु रहेकाले अव घरमै यस्को उत्पादन गर्ने बताएका थिए । आफुहरुले हलसम्म लिएका तालिम मध्ये यो तालिम वयवहारीक र आवश्यक रहेको उनीहरुले बताएका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह