पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस स्वतन्त्रताको नाममा पत्रकारितामा छाडापन हुन नहुनेमा जोड दिएका छन् । उनले यस्ता प्रवृत्ति देखिन थालेको भन्दै तथ्यमा आधारित प्रमाणसहितको पत्रकारिता हुनुपर्ने बताए ।
प्रदेशसभामा पत्रकारिता, सूचनाको हक र मिडिया नियमनसम्बन्धी विषयमा धारणा राख्दै मुख्यमन्त्री पाण्डेले भने, ‘स्वतन्त्रता भनेको छाडातन्त्र होइन । पत्रकारले लेख्ने हक छ, तर त्यो तथ्यमा आधारित हुनुपर्छ । मन लाग्यो भनेर लेखिने समाचारले व्यवस्थामाथि नै खतरा ल्याउन सक्छ ।’
पत्रकारिता गर्न सूचनाको हक प्रयोग गरेर प्रमाण खोज्न सकिने सुझाउँदै उनले ४ वर्षअघि बन्द अवस्थामा रहेको मिडिया काउन्सिलसम्बन्धी विधेयक आफूले अघि सारेको उल्लेख गरे । उनले पत्रकारिता नियमन राज्यको मात्र नभई सञ्चारकर्मीहरूको पनि साझा जिम्मेवारी भएको बताए ।
पाण्डेले पत्रकारहरूलाई तथ्य खोज्न र प्रमाणसहित समाचार प्रकाशन गर्न आग्रह गर्दै भने, ‘तपाईंहरू आउनुहोस्, कार्यालयमै आउनुहोस्, सूचनाको हक लिनुहोस् । त्यसपछि लेख्नुहोस् ।’
उनले भने, ‘हामीले ल्याएको यो लोकतन्त्र सजिलोसँग गुम्न सक्छ । पत्रकारहरू पहिलो शिकार हुन सक्नुहुन्छ । तपाईंहरूको कलम भाँचिएपछि मात्रै हाम्रो मुख थुनिन्छ ।’
मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालमा व्यक्त हुने रिसइबी र अफवाहहरूले मेनस्ट्रीम मिडिया प्रभावित भइरहेको भन्दै चिन्ता व्यक्त गरे । ‘सामाजिक सञ्जालमा केही लेखियो, त्यसको भोलिपल्ट मिडियामा समाचार आउँछ । के सूचना हो र के होइन भन्ने छुट्याउनैपर्छ,’ उनले भने ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह