पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस स्वतन्त्रताको नाममा पत्रकारितामा छाडापन हुन नहुनेमा जोड दिएका छन् । उनले यस्ता प्रवृत्ति देखिन थालेको भन्दै तथ्यमा आधारित प्रमाणसहितको पत्रकारिता हुनुपर्ने बताए ।
प्रदेशसभामा पत्रकारिता, सूचनाको हक र मिडिया नियमनसम्बन्धी विषयमा धारणा राख्दै मुख्यमन्त्री पाण्डेले भने, ‘स्वतन्त्रता भनेको छाडातन्त्र होइन । पत्रकारले लेख्ने हक छ, तर त्यो तथ्यमा आधारित हुनुपर्छ । मन लाग्यो भनेर लेखिने समाचारले व्यवस्थामाथि नै खतरा ल्याउन सक्छ ।’
पत्रकारिता गर्न सूचनाको हक प्रयोग गरेर प्रमाण खोज्न सकिने सुझाउँदै उनले ४ वर्षअघि बन्द अवस्थामा रहेको मिडिया काउन्सिलसम्बन्धी विधेयक आफूले अघि सारेको उल्लेख गरे । उनले पत्रकारिता नियमन राज्यको मात्र नभई सञ्चारकर्मीहरूको पनि साझा जिम्मेवारी भएको बताए ।
पाण्डेले पत्रकारहरूलाई तथ्य खोज्न र प्रमाणसहित समाचार प्रकाशन गर्न आग्रह गर्दै भने, ‘तपाईंहरू आउनुहोस्, कार्यालयमै आउनुहोस्, सूचनाको हक लिनुहोस् । त्यसपछि लेख्नुहोस् ।’
उनले भने, ‘हामीले ल्याएको यो लोकतन्त्र सजिलोसँग गुम्न सक्छ । पत्रकारहरू पहिलो शिकार हुन सक्नुहुन्छ । तपाईंहरूको कलम भाँचिएपछि मात्रै हाम्रो मुख थुनिन्छ ।’
मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालमा व्यक्त हुने रिसइबी र अफवाहहरूले मेनस्ट्रीम मिडिया प्रभावित भइरहेको भन्दै चिन्ता व्यक्त गरे । ‘सामाजिक सञ्जालमा केही लेखियो, त्यसको भोलिपल्ट मिडियामा समाचार आउँछ । के सूचना हो र के होइन भन्ने छुट्याउनैपर्छ,’ उनले भने ।
सम्बन्धित खबर
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
बेगनास तालमा डुबेर युवकको मृत्यु
सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट
यो पनि पढौँ
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
बालेनलाई रक्षा बमको जवाफ : ‘राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बन्न पाए’
अस्ट्रेलियाको भिसामा अझै कडाइ, उतैबाट विद्यार्थीले थप भिसाको आवेदन दिन नपाइने