भीरबाट हामफाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

भीरबाट हामफाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

ladera mrityu

चितवन । चितवनमा श्रीमान्–श्रीमतीले भीरबाट हाम फालेका छन् । घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।

भीरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका– ४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका चितवनका अनुसार श्रीमानसँग घरायासी विवाद हुँदा कुमारीले घर नजिकैको भीरबाट खहरे खोलामा हाम फालेकी थिइन् । लगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि भीरबाट हाम फालेका थिए ।

कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान् लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ