पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको ४९ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
नेपाल नेत्र ज्योति संघ कास्की हिमालय आँखा अस्पतालको प्रविधिक सहयोगमा सम्पन्न शिविरमा १५२ जना पत्रकार, सञ्चारकर्मी एवम स्थानियले लाभ लिएका छन् ।
शिविरमा बोल्दै नेपाल नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उमिद बागचन्दले पत्रकारले जुनसुकै संचारमाध्यममा काम गरेपनि सबै भन्दा वढी प्रभाव आँखालाई पर्ने बताए । उनले पत्रकारको आँखा सुरक्षित राख्न नेत्र ज्योति संघले सहयोग गरेकोमा धन्यवाद दिए ।

नेपाल नेत्र ज्योती संघ कास्कीका अध्यक्ष सुरेन्द्र थापा मगरले नेपालमा आँखा उपचारमा अब्बल रहेको बताउदै अन्य रोगको उपचार गर्न नागरिक विदेश गए जस्तै आँखा उपचार गर्न विदेशी नेपाल आउने गरेको बताए । पत्रकारको आँखामा केही समस्या भएमा हिमालय आँखा अस्पातालले पत्रकार महासंघको सिफारिसमा अवस्था हेरेर उपचारमा सहयोग गने बताए ।
शिविरमा हिमालय आँखा अस्पतालका प्रशासकिय अधिकृत कुमार गर्बजा, नेत्र अधिकृत गोविन्दनाथ योगी सहित ९ जनाको टोली सहभागी थियो ।
नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव भुपाल गुरुङले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
राजमार्गको अवस्था: गोरखामा पूर्ण रुपमा अवरुद्ध, म्याग्दीमा एकतर्फी
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
यो पनि पढौँ
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो