सामाजिक सञ्जालमार्फत २३ लाख ठगी र सवा करोडको क्रिप्टो कारोबार आरोपमा २ युवक पक्राउ

सामाजिक सञ्जालमार्फत २३ लाख ठगी र सवा करोडको क्रिप्टो कारोबार आरोपमा २ युवक पक्राउ

Crypto

काठमाडौं । सामाजिक सञ्जाल मार्फत २३ लाख १५ हजार रुपैयाँ रकम ठगी गर्ने तथा १ करोड ३१ लाख ६२ हजार ६ सय ७५ रुपैयाँ बराबरको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबार गरेको आरोपमा २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका ५ घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ६ बस्ने वर्ष १९ को समिर तामाङ र काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजल बस्ने वर्ष १९ को क्रिस पोखरेल रहेका छन्।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले माइतिघरबाट पक्राउ गरेको हो ।

यही असार ११ गते, सामाजिक सञ्जाल फेसबुक पेज तथा टेलिग्राम ग्रुपमार्फत समिर तामाङ नाम गरेको एकाउन्टबाट विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा अनलाइन जब लगाइदिने जस्ता पोष्ट गरी प्रलोभनमा पारी विभिन्न बैंक खातामा नगद रु. २३ लाख १५ हजार रुपैयाँ जम्मा गर्न लगाई ठगी गरेको प्रहरीको भनाई छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले १ करोड ३१ लाख ६२ हजार ६७५ रुपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार गरेकोसमेत पाइएको छ ।

उनीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ