पानी परेको बेला दाउन्ने सडकमा राति गाडी चलाउन रोक

पानी परेको बेला दाउन्ने सडकमा राति गाडी चलाउन रोक

Daunne

नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडकमा पानी परेको बेला राति गाडी चलाउन रोक लगाइएको छ ।

नवलपरासी प्रहरीका अनुसार हिजो बेलुकी ७ बजेदेखि बन्द भएको सडक आज बिहान ५ बजे खुलेको छ । बिनयी खोलामा आउने बाढीमा गाडी फस्ने जोखिमका कारण प्रहरीले पानी परेको बेला यातायात बन्द गरेको हो ।

लामो समयदेखि अवरुद्ध र जोखिमपूर्ण मानिएको उक्त सडकमा रोकिएका सवारी साधन मंगलबारदेखि बिहीबार साँझसम्म वारपार गरेका थिए।

यसअघि सडक डिभिजन कार्यालय भरतपुरले उक्त सडकमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म मालबाहक र लामा सवारी साधन सञ्चालनमा रोक लगाएको थियो। यो सडक करिब दुई सातादेखि अवरुद्ध छ।

पुस २६ गते दुम्कीवासस्थित विनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि डाइभर्सन बनाएर गाडी सञ्चालन हुँदै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ