मकवानपुरमा खुर्पा प्रहारबाट एक जनाको मृत्यु, स्वास्थ्य चौकीका कर्मचारी पक्राउ

मकवानपुरमा खुर्पा प्रहारबाट एक जनाको मृत्यु, स्वास्थ्य चौकीका कर्मचारी पक्राउ

Hatyaa

सांकेतिक तस्विर

मवकानपुर । मवकानपुरमा खुर्पा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

आज बिहान ५ बजे बागमती गाउँपालिका ९ बेतिनीका ५७ वर्षीय रामबहादुर वाइबामाथि धारिलो हतियार खुर्पा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बेतिनीस्थितमा स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी बाराको निजगढ नगरपालिका–३ सिंगोल बस्ने ३५ वर्षीय कुमार थापाले वाइबामाथि खुर्पा प्रहार गरेका हुन् ।

खुर्पा प्रहारबाट गम्भीर घाइते वाइबाको आज बिहान करिब ८ बजे उपचारका क्रममा बेतिनी स्वास्थ्य चौकीमै मृत्यु भएको हो । उनको शव हेटौंडा अस्पताल पठाइएको छ ।

थापाले वाइबामाथि खुर्पा प्रहार गरेपछि कोही नजिक आए मार्ने धम्की दिएर गाउँमा आतंक फैलाएका थिए ।

घटनास्लथलमा खटिएका इलाका प्रहरी कार्यालयका फापरबारीका इञ्चार्ज प्रहरी निरीक्षक पावलसिंह लामाको टोलीले आरोपित थापालाई नियन्त्रणमा लिएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ