पोखरा । पोखरामा बिगत २४ बर्षदेखि हुँदै आएको बोलबम पदयात्रा यस वर्ष पनि वृहत रुपमा हुने भएको छ ।
केदारेश्वर महादेवमणि सेवाश्रम समितिले यसवर्ष श्रावण महिनाको बोलबम पदयात्रादलाई वृहत र थप व्यवस्थित बनाउने तयारी स्वरुप मन्दिर व्यवस्थापन समिति, आजीवन सदस्य, सल्लाहकार एवम विभिन्न संघ सस्थाहरु संग पूर्व तयारी वैठक स्वरुप भेलाको आयोजना गरेको हो ।
केदारेश्वर महादेवमणी बोलबम कार्यक्रमका संयोजक तथा विश्व हिन्दु महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शंकर खरालले साउन महिनाको प्रत्येक सोमबार बगरको गाइघाटस्थित १०८ धारामा स्नान गरेर आठ किलोमिटर पैदलयात्रा सहित केदारेश्वर महादेवमणि बोलबम धाममा जलार्पण गरिने बताए ।
केदारेश्वर महादेवमणि सेवाश्रम तथा गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष एवम पिठाधीश स्वामी डा।चिद्घन चैतन्य गुरुले श्रावण महिनाको हरेक सोमबार केदारेश्वर मन्दिरमा भक्तजनको भिड लागे पनि बोलबम पैदल जलयात्रामा कम भक्तजन सहभागी हुने गरेको बताए । बोलबम यात्राको विशेष महत्व हुने भएकोले यसलाई उत्सवको रुपमा सबै भत्तजनले कम्तीमा एउटा सोमबार भए पनि जलयात्रामा सहभागी भइ यसको अनुभूति लिन आग्रह गरे ।

यो वर्ष बोलबमलाई सफल बनाउन बिभिन्न संघ संस्थाहरुले साथ दिएको छ । मितेरी नारी समूह बैदाम, मारवाडि समुह कास्की, नेपाल भारत व्यवसायी (एन.वि) समिति, अर्गानिक जुम्बा सहित स्व।राम्जी बानियाँका सुपुत्र सन्तोष बानियाँले प्रत्येक सोमबारको प्रसाद वितरण तथा व्यवस्थापनमा सहयोग गर्ने बताए ।
भेलामा समाजसेवी वुद्धिनाथ अधिकारी, समितिका मिडिया सल्लाहकार एवम रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारी, महिला संजाल पोखरा ६ का अध्यक्ष वविता मल्ल, अन्नपूर्ण केवलकारका कार्यकारी निर्देशक दिनेश पौडेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा ६ का सभापति तुलसी दाहाल, समाजसेवी गिरधारी अधिकारी लगाएतले सुझाव सहित शुभकामना दिए । भेलामा स्वगत समितिका वरिष्ठ उपाध्यक्ष मिना भट्टराइ र संचालन सचिव ओमनाथ अधिकारीले गरेका थिए ।
ज्योतिषशास्त्रअनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ श्रावण महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ ।
बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ हरेक साउन महिनाको सोमबार बोलबम पदयात्रा हुँदै आएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह